सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा


काठमाण्डाै – सुकुम्वासीकाे समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सङ्घ सरकारका ६ जना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ ।

गृहमन्त्री सुधन गुरुङ, भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो ।

हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्वासीलाई पनि खरिपाटीको होल्डिङ सेन्टरमा राखिएको छ । केही समयदेखि सुकुम्वासीलाई खानासमेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान कीर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्वासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि झनै बढेको हो ।

सुकुम्वासीसँगको भेटमा भूमिमन्त्री रावलले सरकारले सक्दो चाँडो सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो । लालपुर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ । यो मितिमा दिन्छु नभन्ने तर सुकुम्वासीले सक्दो चाँडो लालपुर्जा पाउने उहाँको भनाइ छ ।

यसैबीच संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाण्डाैको माइतीघरमा प्रदर्शन गरेको छ । उचित व्यवस्थापनविना सुकुम्वासी बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...