स्थानीय

प्रहरी नायव उपरिक्षक रानालाई बुटवलबाट विदाई

प्रहरी नायव उपरिक्षक रानालाई बुटवलबाट विदाई

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलइलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ईन्द्र रानालाई विदाई गरिएको छ । बुटवलबाट अपराध महाशाखा काठमाण्डौमा सरुवा हुनु भएका रानालाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहिबार विदाई गरेको हो ।त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले इलाका प्रहरीको नेतृत्वमा रही यस क्षेत्रको शान्ति सुरक्षामा डिएसपी रानाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनु भयो । प्रनाउ रानाले इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड समालेयता यस क्षेत्रमा त्यसप्रकारका अप्रिय घटना नघटेको र स्थानीय संघसंस्थाहरुसंगको समन्वय समेत प्रभावकारी रहेको बताउनु भयो । उहाँले आगामी दिनमा अन्य क्षेत्रमा रहँदा पनि बुटवलको साख कायम राख्न आग्रह गर्नुभयो ।त्यसैगरी प्रनाउ रानाले यस क्षेत्रका व्यवसायिक संघसंस्था, जनप्रतिनीधिहरु र यस क्षेत्रका आम समुदायले गरेको सहयोगका कारण कुनै प्रकारको अप्रिय घटना हुन नपाएको भना...
नेपालको अर्थतन्त्र र विकासका संवाहक: विष्णु पौडेल

नेपालको अर्थतन्त्र र विकासका संवाहक: विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलनेपालको राजनीतिक र विकासको क्षितिजमा विष्णु प्रसाद पौडेल एउटा यस्तो नाम हो, जसलाई 'विकासप्रेमी' र 'संकटको सारथी' नेताका रूपमा चिनिन्छ। विशेषगरी अर्थमन्त्रीका रूपमा उनले निर्वाह गरेको भूमिका र गृहजिल्ला रूपन्देही लगायत देशभरि सुरु गरेका ठूला पूर्वाधारका आयोजनाहरूले उनलाई एक सफल र नतिजामुखी नेताका रूपमा स्थापित गरेका छन्। विष्णु पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष मात्र नभई नेपाली राजनीतिको एक शालीन र प्रभावकारी व्यक्तित्व हुन्। उनको राजनीतिक यात्रा जति संघर्षपूर्ण छ, उनको विकासप्रतिको दृष्टिकोण उति नै स्पष्ट र दीर्घकालीन छ। पटक–पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेलले नेपालको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशामा ल्याउन र ठूला आयोजनाहरूको जग बसाल्न निर्णायक भूमिका खेलेका छन्। संकटको समयमा अर्थतन्त्रको सफल नेतृत्व विष्णु पौडेलले जति पटक अर्थ मन्त्रालय...
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले वर्षौदेखि बीमा प्राधिकरणबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बीमा कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बीमा बोर्डबाट स्वीकृत भएको रकम २४ करोड ७१ लाख रुपैयाँ प्राप्त हुन नसक्दा औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना हुनुका साथै कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको छ । दैनिक करिब एक हजार पाँच सय सेवाग्राहीले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिने यस अस्पतालमा दाबी रकम भुक्तानी नहुँदा आर्थिक संकट ...
रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी दर्ता

रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी दर्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलफागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् ।एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे । निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष...
रुपन्देही–२ बाट कांग्रेसको उम्मेदवारमा उद्योगी चुन्नप्रसाद पौडेल

रुपन्देही–२ बाट कांग्रेसको उम्मेदवारमा उद्योगी चुन्नप्रसाद पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलनेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । बुटवलमा उद्योग, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका पौडेललाई कांग्रेसले स्थानीय लोकप्रियता, सामाजिक योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रमा अनुभवी व्यक्तिलाई अघि सारेर मतदाताको विश्वास जित्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको बताइएको छ ।पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् ।उनले उद्योग व्यवसायसँगै स्वास्थ्य सेवाको विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । बुटवल र आसपासका क्षेत्रमा ...
न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल

न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् । विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही-२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे । एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच बोल्दै उनले भने- ‘न मैले रुपन्देहीलाई भुल्ने छु, न मलाई रुपन्देहीले भुल्ने छ ।’ शनिबार बसेको एमाले सचिवालय कमिटीको बैठकले पौडेललाई पाल्पा-२ बाट चुनाव उठाउने निर्णयसँगै रुपन्देहीका नेता कार्यकर्ताले आवाज उठाएपछि निर्णय सच्चिएको सन्दर्भमा उनले उक्त कुरा व्यक्त गरेका हुन् । पार्टीको निर्णयभन्दा फरक भएर आफू जान नसक्ने बताउँदै उनले सचिवालय बैठकमा आफूलाई पाल्पा पठाउन छलफल चलाए पनि रुपन्देहीका नेता कार्य...
उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताउनुभएको छ । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको हो ।‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरूरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक उत्तरदायित्व र समावेशी योजनामा प्राप्त प्रगतिलाई कायम राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रदेश स रकार प्रतिबद्धत छ’मुख्यमन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘उपलब्धिको संरक्षण स्थिर विकासको आधार हो ।’मुख्यमन्त्री आचार्यले नेपाली समाज सांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गर्दै हरेक समुदायका मौलिक चाडपर्वले नेपाली पहिचान, इतिहास र सामाजिक सम्बन्धलाई बलियो बनाइरहेको बताउनुभयो । सन्...
युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास

युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीराष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा वोल्दै वक्ताहरुले नेकपा एमाले देश र जनताको विकास र सम्वृद्धिमा सधै अगुवाइ गर्ने पार्टी भएकोले आगामी निर्वाचनमा सवै भन्दा ठूलो पार्टी बन्ने विश्वास रहेको वताएका छन्।लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यता र पुर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै केन्द्रीय सदस्य गोपाल रानाले अहिले नेपालमा पुराना नेता र पार्टी खराव भन्ने भ्रम र गलत प्रबृत्ति हावी भएको र यो प्रबृत्ति गलत भएको र हटाउनु पर्ने वताएका छन्। रानाले एमालेले पहिलाको भन्दा बढी सिट ल्याउनेमा पार्टी र कार्यकर्ता विश्वस्त रहेको र सवै नेता कार्यकर्ताले जनतामाझ देशको स्थिरता, विकास र सम्बृद्धिका एमालेका मुल मुद्दा लिएर जानु पर्ने वताए।एमालेले आगामी निर्वाचनमा सक्षम ने...
कालिका मानवज्ञान माविमा पुनः नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

कालिका मानवज्ञान माविमा पुनः नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलदेशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रुपमा चयन गरिएको छ ।यस्तै सदस्यको रुपमा यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् । नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन । ...
युवाका प्रेरणा वनेका उद्यमी बुटवलको लगइन एजुकेशनका सञ्चालक अर्जुन खनाल

युवाका प्रेरणा वनेका उद्यमी बुटवलको लगइन एजुकेशनका सञ्चालक अर्जुन खनाल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल बुटवलको गोलपार्कमा रहेको लगइन एजुकेशनले शिक्षा, प्रविधि र रोजगारमा नयाँ आयाम कायम गरेको छ।अर्घाखाँचीका युवा अर्जुन खनालले सञ्चालन गरेको २०७५सालदेखि निरन्तर सेवा दिंदै आएको कन्सल्टेन्सीले लोकसेवा, शिक्षकसेवा, बैङ्किङ सेवा,नेपाल टेलिकम, विद्युत प्राधिकरण, सम्पुर्ण सुरक्षासेवा, कम्प्युटर कक्षा, विभिन्न विधामा ट्युशनसेवा, अंग्रेजी,कोरियन, जापनिज भाषा कक्षाहरू हरेक विषयका विज्ञ मार्फत प्रशिक्षण दिंदै नियमित सञ्चालन हुने गर्छन्। लगइनबाट तैयारी गरेर लोकसेवाका विभिन्न तहमा, सुरक्षा सेवाका विभिन्न तहमा, कम्युटरको ज्ञान लिएर रोजगार प्रशिक्षक, विभिन्न भाषा सिकेर वैदेशिक रोजगारमा यस्तै विभिन्न क्षेत्रमा सफल र अव्वल जनशक्ति उत्पादन गरिरहेको छ। यस लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्क प्रालिका सञ्चालक खनाल अहिले नेपालमा केही गर्ने वातावरण छैन, केही गर्न सकिंदैन भन्ने हरुका लागि उदा...