स्थानीय

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस संक्षिप्त र सन्देशमूलक कार्यक्रम गरी मनाइँदै

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस संक्षिप्त र सन्देशमूलक कार्यक्रम गरी मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो ।उपमहानगरले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रनात्मक क्रियाकलाप भने सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन सम्पन्न गरेको छ ।स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष संक्षिप्त तर सन्देशमूलक कार्यक्रममार्फत स्थापना दिवस मनाइने जानकारी दिए । उनले अघिल्ला वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसको दिन सार्वजनिक गरिने बताए ।उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्त...
सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवलपाल्पाको सिद्धबाबा मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा लाग्दै आएको महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर विकास समितिले जनाएको छ ।शनिबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन गरी महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।भक्तजनले सहज रूपमा मन्दिरमा पुजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउंपालिका–३ स्थित सिद्वबाबा मन्दिरलाई सिंगारिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन ।दर्शनार्थीहरुको सुरक्षाका सुरक्षाकर्मी, स्वयसेवक सहित २ सय जना परिचालन गरिने समितिले जनाएको ...
कालिका मानवज्ञान माविमा नमूना संसदको अधिवेशन सम्पन्न

कालिका मानवज्ञान माविमा नमूना संसदको अधिवेशन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलकालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको अधिवेशनमा रुपन्देहीमा कानून विषय पढाई भइरहेका ४ वटा विद्यालयको विद्यार्थीहरुको सहभागिता रहेको थियो ।विद्यार्थी हरुविच गरिएको प्रत्यक्ष निर्वाचनबाट छनौट भएर आएका ४५ जना विद्यार्थीहरुले सभामुख, संघीय सरकारका मन्त्री र संसद सदस्यको भुमिका निर्वाह गरेका थिए ।नमूना अधिवेशनमा शून्य समय, विशेष समय, विधेयक माथिको छलफल, प्रस्नोत्तर र मन्त्रीको जवाफ जस्ता सेसन सञ्चालन भएका थिए । त्यहाँ सांसदहरुले विभिन्न जिल्लाका आर्थिक, भौतिक र वातावणीय समस्या...
उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री रुपन्देही २ का उम्मेदवार पौडेलसमक्ष चिन्ता व्यक्त

उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री रुपन्देही २ का उम्मेदवार पौडेलसमक्ष चिन्ता व्यक्त

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका उद्योगी तथा व्यवसायीहरुले यहाँको भविष्य बारे पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष चिन्ता व्यक्त गरेका छन् । पूरानो बुटवल बजारलाई गुल्जार बनाउँदै पुन: जीवन दिने र अमरपथ, हाटबजार लाइन लगायत अहिलेको बजार क्षेत्रलाई व्यवस्थित बनाउने गरि आगामी दिनमा योजना निर्माण गरि अघि बढ्न व्यवसायीहरुले सुझाब प्रस्तुत गरेका छन् ।यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार समेत रहेका पौडेल समक्ष व्यवसायीहरुले यहाँको आधुनिक बिकास तथा निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने गरि नीति निर्माणमा लाग्न आग्रह गरेका हुन् । पटक-पटक यस क्षेत्रबाट निर्वाचित हुँदै आएका पौडेलले रुपन्देहीको समग्र बिकास निर्माणमा खेलेको भूमिकाप्रति प्रशङ्सा व्यक्त गर्दै उनीहरुले निजी क्षेत्रले सधै साथ दिने प्रतिवद्धता समेत गरेका छन् । बुटवल बजार क्षे...
रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका परे ३० उजुरी

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका परे ३० उजुरी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका हुन्। निर्वाचन कार्यालय आचारसंहिता अनुगमन समिति रुपन्देहीका अनुगमन अधिकृत मातृका आचार्यले निर्वाचन आचारसंहिता लागू भएदेखि माघ २६ गतेसम्म ३० वटा उजुरी प्राप्त भएको र ती उजुरीको सम्बोधन भइसकेको छ। उनले ३० वटा उजुरीमध्ये एउटामात्रै लिखित उजुरी निर्वाचन कार्यालयमा प्राप्त भएको बताए।आचार्यका अनुसार, आचारसंहिता उल्लंघनका सबै उजुरी राजनीतिक दलका विरुद्धमा थिए। अधिकांश उजुरी चुनाबी पोष्टर ब्यानर टाँगेको, मतदाता जम्मा गरेर खाजा नास्ता खुवाएको, स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गरेर उम्मेदवारको प्रचारप्रसारमा हिडेको, तोकिए भन्दा धेरै मानिसको प्रयोग गरेर प्रचारप्...
कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।दाङ जिल्लाका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ अंक प्राप्त गर्दै दोस्रो स्थान नजिक देखिएको छ भने घोराहीले ६१.०८ अंक हासिल गरेको छ । धरान उपमहानगरपालिकाले भने ४९.७६ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ वटा सूचक प्रयोग गरेको जनाएको छ । ती सूचकमा वित्तीय अनुशासन, बजेट व्यवस्थापन, राजस्व परिचालन, सामाजिक क्षेत्रका उपलब्धि र सूचना प्रविधिको प्रयोगजस्ता विषय समेटिएका छन् ।वित्तीय सूचकअन्तर्गत बजेट असारभित्र सार्वजनिक र पारित भए/नभएको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा...
बदलिएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बदलिएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलनेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताए । काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल ...
सन नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यु दाबी ।।

सन नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यु दाबी ।।

ताजा अपडेट, विविध, समाज, स्थानीय
सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ। सैनामैना–१०, झिमझिमिया, रुपन्देही निवासी नर बहादुर परियारले पञ्चज्योती स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट मृत्युदाबी भुक्तानी प्रदान गरिएको हो। परियारले सहकारी मार्फत रु ४ लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत गरिएको थियो। ऋणी परियारको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत ४ लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ दावी भुक्तानी उपलब्ध गराएको हो। बुधबार सैनामैना–१०, झिमझिमिया, मा सहकारीको आफ्नै भवनको हलमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्री, कपिलवस्तु शाखा प्रमुख गीता गौतम तथा शाखाका कर्मचारी तिलक बञ्जाडेले सो ...
रास्वपा उमेदवारको घरदैलोमा पीडितको प्रदर्शन

रास्वपा उमेदवारको घरदैलोमा पीडितको प्रदर्शन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरुले लखेटेका छन् ।प्राप्त विवरण अनुसार मंगलबार दिउँसो रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ होराइजन चोकमा सहकारी पीडितहरुले रास्वपा उमेदवार शुलभ खरेललाई लखेटेका हुन् । हातमा तिम्रो नेता खोई ? लिएर आऊ, जेनजीका माग कस्ले पूरा गर्छ ? सिहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारा बाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका शुलभ नजिकैको एल डोराडो होटल भित्र छिरेर लुकेको पीडितहरुले दावी गरेका छन् ।हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ?, पीडितमध्येका बृद्ध चेतनाथ शर्माले भने, हामीलाई यसको जवाफ दिनुपर्यो नि । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अ...
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा बृहत् सरसफाइ अभियान सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल झाडु बोकेर सरसफाइमा सहभागी भएका छन् ।अभियानको दोस्रो दिन सोमबार योगीकुटीदेखि कालिका विद्यालय क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो । बिहानैदेखि सुरु गरिएको कार्यक्रममा विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।सरसफाइ अभियानलाई औपचारिकतामा सीमित नगरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै नगर प्रमुख पाण्डेयले सफा शहर निर्माण सबैको साझा जिम्मेवारी भएको बताए । उपप्रमुख अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उल्लेख गरिन् । नियमित सरसफाइ अभियानमार्फत स्वस्थ र आकर्षक शहर निर्माणमा सबैको सहकार्य आवश्यक रहे...