८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान
Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रूपन्देहीरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्तो मेला अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि होइन, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्याउने अपेक्षा छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने बताउँदै प्रमुख खाँणले तिलोत्तमाका सबै संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाले एकजुट ...








