अनुहारभन्दा पनि नेतृत्वको शैली नै नयाँ खोजेका हौं : जेनजी अभियन्ता
काठमाडौँजेनजी गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि नयाँ अनुहारभन्दा पनि नेतृत्व गर्ने शैली, राजनीतिक संस्कार र दलभित्रको लोकतान्त्रिक अभ्यास परिवर्तन आवश्यक रहेको बताएका छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रको नयाँ आवाज’ सत्रमा उनीहरूले व्यक्तिकेन्द्रित राजनीतिले लोकतन्त्र कमजोर बनाएको निष्कर्ष निकाल्दै मूल्य, विधि र प्रक्रियामा आधारित राजनीतिक अभ्यासको खाँचो औंल्याएका हुन् ।
कान्तिपुरकर्मी दया दुदराज सहजकर्ता भएको सत्रका जेन–जी अभियन्ता रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहा वक्ता थिए ।जेन–जी अभियन्ता बमले ‘नयाँ’ को अर्थ अनुहार वा व्यक्तिको प्रतिस्थापन नभई सोच, व्यवहार र नेतृत्व संस्कारको परिवर्तन भएको बताइन् । ‘हामीलाई एउटा केपी ओली फालेर अर्को ओली चाहिएको होइन,’ उनले भनिन्, ‘दलभित्र सुधार चाहिएको हो, दलको लोकतन्त्र बलियो भए मात्र देशको लोकतन्त्र बलियो ...








