कालिका मानव ज्ञान मावि ६५ औ वार्षिकाेत्सव : कविता प्रतियोगितामा विवेक खराल प्रथम
बुटवलबुटवल स्थित कालिका मानव ज्ञान माविको ६५ औ वार्षिक उत्सवको अवसरमा आज सोमबार विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । कक्षा ११ र १२ मा राष्ट्र निर्माणमा युवा सहभागिता विषयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका विवेक खराल प्रथम, कक्षा १२ विज्ञानकै शिशिर मल्ल द्वितीय, कक्षा ११ विज्ञानका विमर्श बस्नेत तृतीय र कक्षा ११ विज्ञानका रचना जिसी चतुर्थ स्थान हासिल गर्न सफल भएका छन् ।
कक्षा ११ र १२ नेपाली विषयका विभागीय प्रमुख सरस्वती थापाको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितानन्द ज्ञवालीको प्रमुख अतिथ्यता, शिक्षक त्रय शालिग्राम घिमिरे, शर्मिला पाण्डे र कृष्णप्रसाद सापकोटाको निर्णायक मण्डल रहेको विद्यालयका प्रधानध्यापक दिनेश थापाले जानकारी दिए ।
त्यसैगरी कालिका सवालमा विद्यालयमा सञ्चालित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्र...






