समाचार

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दसैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्‍याउनुपर्ने पनि उनले बताए । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने प...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। ...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, समाचार, समाज
काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेपछि १,२०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप, पसलमा लुटपाट र सार्वजनिक भवनमा आगजनीका घटना भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार फ्रान्सभर भएका प्रदर्शनमा सरकारी अनुमानअनुसार करिब ५ लाख ५० हजार मानिस सहभागी भएका थिए। प्रदर्शन आयोजक तथा श्रमिक सङ्गठनहरूले भने सहभागीको सङ्ख्या ८ लाखसम्म पुगेको दाबी गरेका छन्। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा १,२०० जनाभन्दा बढी पक्राउ परेको र १५० जना प्रहरी अधिकारी घाइते भएको जानकारी दिएका छन्। बीबीसी, रोयटर्स, एसोसिएटेड प्रेस र द गार्डियनका रिपोर्टअनुसार सुरुमा शान्तिपूर्ण देखिएका प्रदर्शनहरू दिन ढल्किँदै जाँदा पेरिससहित विभिन्न...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन । वडादशैं-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गरेका हुन । यस्ता पर्वले नेपाली पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दशैंले नेपालीबीच सद्भाव र सहकार्यको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले वडादशैंले विपद्को सामना गर्ने शक्ति, विकासप्रतिको साझा प्रतिबद्धता र समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन । साथ...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् । भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो ।काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको पुष्टी गरेका छन् ।भट्टमाथि अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । ...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका दिन दसैँघर तथा पूजाकोठामा महागौरीको आराधना गर्ने धार्मिक परम्परा छ ।पौराणिक कथनअनुसार भगवान् शिवले ख्यालठट्टामा ‘काली’ भनेर सम्बोधन गरेपछि देवीले कठोर तपस्या गरी गौर वर्ण प्राप्त गरेकी थिइन् । त्यसपछि उनको नाम महागौरी रहन गएको पुराणहरूमा उल्लेख छ । शास्त्रीय ग्रन्थमा महागौरीलाई सेतो वृषभमा सवार, गौर वर्ण र सेतै वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ ।यस वर्ष असोज २५ गते आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखेसँगै नवरात्र सुरु भएको थियो । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिएको थियो । सातौँ दिन शनिबार दस...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो। मन्त्रालयले अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न र आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा, सघन उपचार सेवासहितका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन हुने सुनिश्चित गर्न अनुरोध गरेको छ।त्यसैगरी, अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राखी आकस्मिक अवस्थामा तत्काल सेवा प्रदान गर्न तयारी अ...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा कार प्रदर्शन गर्दै सन् २०२८ देखि उत्पादन सुरु गर्ने घोषणा गरेका हुन् ।मस्कका अनुसार दुई जना बस्न मिल्ने उक्त स्पोर्ट्स कारले जमिनमा तीव्र गति लिनुका साथै हावामा उफ्रिन र केही समय उड्न सक्ने प्रविधि प्रयोग गरेको छ । प्रदर्शनका क्रममा कारले विशेष हावाको दबाब प्रयोग गरेर उकालो र्‍याम्पमा चढ्ने, उल्टो झुन्डिने, हावामा पल्टिने र पुनः जमिनमा अवतरण गर्ने दृश्य देखाइएको थियो ।कारमा चालक नराखी प्रदर्शन गरिएको थियो । सम्भावित दुर्घटनाबाट बच्न चालकविना परीक्षण गरिएको मस्कले बताएका थिए । उनले प्रविधि सफल हुने निश्चित नभएको स्वीकार्दै परीक्षण सुरक्षित दूरीबाट गरिएको बताएका थिए । प्रदर्शनका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्रिय योजना आयोगले गरिरहेको विपद्पछिको आवश्यकता आकलन (पीडीएन) अन्तर्गत प्रभावित क्षेत्रको घरपरिवार सर्वेक्षणले यस्तो देखाएको हो । बाढीबाट सर्वस्व गुमे पनि उनीहरूले पुनः सोही स्थानमा बस्न चाहना रहेको बताएका हुन् । बाढीबाट घरमा क्षति पुगेको ३ हजार ६७ परिवारलाई भविष्यमा स्थायी बसोबासबारे सोधिएको थियो । जसमा ७ सय ९७ (२५.९९ प्रतिशत) परिवारले बाढीअघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेको प्रतिवेदनले देखाएको छ । ५ सय ६५ (१८.४२ प्रतिशत) परिवारले जिल्लाभित्र आफ्नै स्वामित्वको अर्को जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् भने १ सय ५९ (५.१८ प्रतिशत) परिवारले देशभित्रको आफ्नै स्वामित्वमा रहेको जग्गा बस्ने विकल्प रोजेका छन् । सरकारले जग्गा उपलब्ध गराए उक्त स्थानमा बस्न चाहने पर...