बुटवलमा सुमित गुरुङ ‘आचे’को अपराध चक्र : ८ वर्ष जेल बसाईबाट आएर पुनः दुई युवामाथि चक्कु प्रहार
बुटवलकर्तव्य ज्यान मुद्दामा ८ वर्ष जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् । सामाजिक सञ्जालहरुमा समेत भाइरल बनेको बुटवलको द कन्सेप्ट नजिकै दुई युवामाथि चक्कु प्रहार घटनााम संलग्न बुटवल–११, बुद्धनगर बस्ने ‘आचे’ नामले परिचित २९ वर्षीय सुमित गुरुङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलले बुधबार सार्वजनिक गरेको छ ।कालिकानगरस्थित द कन्सेप्ट अगाडि सडकमा गत असार १७ गते बिहान करिव ३ बजेको समयमा घटना भएको हो । उक्त घटनाभा स्थानीय १८ वर्षीय गिरिजेश राना र २३ वर्षीय सुन्दर बगालेमाथि गुरुङले धारिलो हतियार चक्कु र हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए । गुरुङलाई प्रहरीले असार २० गते दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, बिजौरीमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गर...








