बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै



बुटवल
बडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका दिन दसैँघर तथा पूजाकोठामा महागौरीको आराधना गर्ने धार्मिक परम्परा छ ।
पौराणिक कथनअनुसार भगवान् शिवले ख्यालठट्टामा ‘काली’ भनेर सम्बोधन गरेपछि देवीले कठोर तपस्या गरी गौर वर्ण प्राप्त गरेकी थिइन् । त्यसपछि उनको नाम महागौरी रहन गएको पुराणहरूमा उल्लेख छ । शास्त्रीय ग्रन्थमा महागौरीलाई सेतो वृषभमा सवार, गौर वर्ण र सेतै वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ ।
यस वर्ष असोज २५ गते आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखेसँगै नवरात्र सुरु भएको थियो । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिएको थियो । सातौँ दिन शनिबार दसैँघर तथा पूजाकोठामा फूलपातीसमेत भित्र्याइएको थियो ।

आज आठौँ दिन महागौरीको पूजा गरिँदैछ भने नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ । देवीका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत तथा देवीका स्तोत्र पाठ गर्ने परम्परा छ । देवीको श्रद्धापूर्वक आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गर्छन् । नौ दिनसम्म आराधना गरिएको प्रसादस्वरूप टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।

नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको चहलपहल बढेको छ । फूलपातीपछि सार्वजनिक बिदा सुरु भएसँगै मन्दिर तथा शक्तिपीठमा दर्शनार्थीको भीड थप बढ्ने गर्छ ।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...