समाचार

आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनुहुन्न : अध्यक्ष बस्नेत

आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनुहुन्न : अध्यक्ष बस्नेत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए, नभएको तर्फ गम्भीर हुन सबैलाई सुझाव दिनुभएको छ । आइतवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट नागरिकका संविधानले सुनिश्चित गरेका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाउनुभयो ।‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ । आफ्नो हक प्रयोगले अरु मानिसको अधिकारलाई हनन् गर्नु हुँदैन । तर, पछिल्ला दिनहरुमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुल्चिने गरी अफवाह फैलाउने काम भएका छन् । सञ्चारमाध्यमहरुले यसतर्फ चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो । नयाँ खुलेका अनलाइन र युट्युव च्यानलहरुलाई अभिमुखिकरण दिने क्रममा उहाँले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भिन्नता छुट्याएर सञ्चारकर्मीले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल मात्र चला...
नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

Breaking news 2, ताजा अपडेट, फिचर, विविध, समाचार, सम्पादकिय, स्थानीय
नारायण प्रभात मरासिनी बुटवल, १६ फागुन – जब कुनै व्यक्तिले आफ्नो हात गुमाउँछ, भविष्यको कल्पना कसरी गर्ला? जब कुनै व्यक्ति समाजबाट अलग महसुस गर्छ, उसले सहारा कहाँ खोज्ला? बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम यस्तै प्रश्नहरूको उत्तर बन्ने प्रयास गरिरहेको छ । तर, विडम्बना के छ भने, अभिभावकविहीनहरूको यो आश्रयस्थल आफैं संकटको भूमरीमा फस्दैछ। संघर्षबाट प्रेरणा : डोल बहादुर रामदानको कथाले दिएको सन्देस तनहुँका डोल बहादुर रामदानको कथा प्रेरणादायी मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूका लागि एउटा मार्गनिर्देशक पनि हो। जीवनका हरेक मोडमा संघर्षको सामना गरेका उनले भारतको एउटा कारखानामा मजदुरी गर्दा दुबै हात गुमाए। त्यो दुर्घटनाले उनको व्यक्तिगत जीवनलाई मात्र होइन, उनको सोचलाई पनि परिवर्तन गरिदियो। "म जस्तै अन्य अपाङ्गहरू समाजमा कसरी संघर्ष गरिरहेका होलान्?" – यही प्रश्नले उनलाई झकझक्यायो। ...
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं  नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ।शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। उनको ८४ वर्षको उमेरमा मृत्यु भएको हो। बिरामी भएपछि केहीदिन अघि प्रहरी अस्पतालको सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो।  उनको शुक्रबार अपराह्न ४ बजे पशुपतिमा अन्त्येष्टि गरिएको छ। उनी २०६५ सालमा अवकासमा गएकी थिइन्। ...
नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा

नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय, स्थानीय
श्रीराम ज्ञवाली ,बुटवल नदीमा पानी नहुने समयमा बालुवा, गिट्टी जम्मा गरि अलग गरेर बिक्री गरी प्रति व्यक्तिले ५ सय दिनमा आम्दानी गरी जीविको पार्जन चलाइरहेका रूपन्देही वडा नम्बर ११ रङ्गशालाको तिनाउ नदी किनार सुकुम्बासी बस्तीमा बसोबास गर्छन् विष्णु पुनको परिवार। ५२ वर्षीय महिला पुनले नदीमा पानी नभएको समयमा नदीको बालुवा ,गिट्टी जम्मा गरेर ,चालेर अलग गरी प्रतिबोरा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। पुनले आफ्ना श्रीमान दीपक पुन र आफूले दिनको १२ घण्टा मेहनत गरी २५ बोरा जम्मा गर्न सकिने बताउँ छिन्न्। पूर्वी रुकुम आफ्ना पुर्खाहरू रहेको र विगत १५ वर्षदेखि बुटबलमा सुकुम्बासी बस्तीमा जग्गा किनेर टिनको टहरोमा बसोबास गर्दा रहेछन् उनीहरू । बर्षातकाे समयमा बाख्रापालन ,अन्य मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका छन् पुनका परिवार । बाध्यताले सन्तानलाई राम्रो शिक्षा दिन नसकेले देशमा राम्रो काम...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो 

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो 

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
फागुन १६ गते ।  शुक्रबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको ठूलो धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा महसुस भएको तहाका स्थानीयले जानकारी दिएका छन् । शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। ‘यो मध्यमस्तरको भूकम्प हो,’ अधिकारीले भने, ‘यो स्तरको भूकम्पले पनि कमजोर संरचनाहरु भत्किन सक्छन्।’ भूकम्पले भएको क्षतिको विवरण भने आइसकेको छैन। काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए। काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्।  ...

मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विदेश, समाचार, स्थानीय
काठमाण्डाै – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । अध्यागमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । शङ्कास्पद गतिविधि रहेकाले प्रहरीले एक्स–रेमा जाँच गर्दा शङ्कास्पद देखिएपछि अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो । पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन् । गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डाै आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन् । उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप ...
पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसोपछि  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा  हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...
आज महाशिवरात्री :  देशभरका शिवालयमा पूजाआराधना गरी मनाइँदै

आज महाशिवरात्री : देशभरका शिवालयमा पूजाआराधना गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पल...
खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस

खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
कोरोना भाइरसको नाम सुन्नेबित्तिकै अझै पनि आममानिसमा त्रास कायमै छ । यस भाइरसका कारण लामो समयसम्म मानिस घरभित्रै बस्न बाध्य भए । कैयौंले आफन्तसमेत गुमाए भने केयौंको रोजीरोटी खोसियो । कोरोना भाइरसको त्यो प्रभावबाट जनजीवन अझै बाहिर निस्कन सकेको छैन । यसैबीच, चिनियाँ वैज्ञानिकको एक समूहले चमेरामा एक नयाँ कोरोना भाइरस ‘एचकेयू–५–सीओभी–२’ पत्ता लगाएका छन् । जसले मानिसलाई संक्रमित गर्न सक्छ । बुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईबी) का भाइरस शोधकर्ता सी ज्याङ्लीको नेतृत्वको टोलीले यसबारे अध्ययन गरेको थियो । भाइरस एचकेयू–५–सीओभी–२ कोरोना भाइरसको नयाँ रूप हो । जो पहिलो पटक हङकङमा जापानी ‘पिपिस्ट्रेल’ चमेरामा पहिचान गरिएको थियो । हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’ को खबरअनुसार यो नयाँ भाइरस ‘मेरबेकोभाइरस’ उपस्वरूपबाट उत्पन्न भएको हो । जसमा मध्यपूर्व श्वास सिन्ड्रोम (मर्स) का कारण बन...
माओवादी केन्द्रको  जागरण अभियान

माओवादी केन्द्रको जागरण अभियान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ । रमाइलाेकाे सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका -९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गकाे आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाकाे कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोलि विराटनगर केन्द्रित भेटघाट कार्यक्र...