समाचार

डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या

डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या

Breaking news 1, समाचार
काठमाण्डाै – डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेङ्गी संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेङ्गी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेङ्गी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो । डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेङ्गीका रहेको पनि बताउनु भयो । डेङ्गी, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिनुभयो । डेङ्गी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेङ्गी लाग्यो भन्...
एमाले गुल्मीले  सबै निर्वाचन क्षेत्र ,पालिका र वडा कार्यालय स्थापना गर्यो ,

एमाले गुल्मीले सबै निर्वाचन क्षेत्र ,पालिका र वडा कार्यालय स्थापना गर्यो ,

समाचार, स्थानीय
कृष्ण अन्जान रिडीबजार सँघिय र प्रदेशका लागि मनाेनयन दर्ता गरिसके पछि यतिबेला गुल्मीका राजनीतिक दलहरु जनतासँग अन्तरकृया तथा छलफलमा जुटेका छन । गाउँघरमा जनता सँगकाे पुगेर जनसम्पर्क त गरिएकै छ सँगै पार्टीका निर्वाचन परिचालन कमिटीका कार्यालय हरुपनि स्थापना गर्ने कार्य शुरु गरिएकाे छ । यसैक्रममा गुल्मीका सम्पूर्ण सँघिय ,प्रदेश , पालिका ,वडाहरुमा शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का सँयाेजक हिमाल श्रेष्ठबाट प्राप्त जानकारी अनुसार क्षेत्र १ का ५० र २ का ४३ गरि ९३ वटा वडा हरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यलय स्थापना गरेकाे छ । यसैगरी १२ वटा पालिका दुईवटा सँघिय क्षेत्र,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएकाे छ । सँघिय नि...
हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसको पक्षमा धर्ना

हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसको पक्षमा धर्ना

ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । रुपन्देही–२ को निर्बाचन अधिकृतको कार्यालय अगाडी उम्मेदवारी बदर भएको हाम्रो नेपाली जनता पार्टीका उम्मेदवारको पक्षमा धर्ना बसेका छन् । निर्वाचन कार्यालयले उक्त पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस)को उम्मेदवारीमा उजुरी परेपछि छानविन गरी बदर गरेको थियो । कार्यालयले आफ्नो कार्यातालिका अनुसार नै असोज २५ गते बदर भएका उम्मेदवार बाहेकको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । विर्नाचन कार्यालयले गलत निर्णय गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसका समर्थकहरुले निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा शुक्रबार धर्नामा बसेका हुन् । धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायत (निकोलस) का समर्थक बिभिन्न प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । उनीहरुले ‘निर्वाचन अधिकृत हो की आदेश पालक ?’, ‘निर्वाचन आयोग जन...
२५ वर्षदेखि  एउटै पदमा उनै प्रतिष्पर्धी !

२५ वर्षदेखि एउटै पदमा उनै प्रतिष्पर्धी !

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख...
मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

Breaking news 1, ताजा अपडेट, समाचार
२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबै...
झरि ,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँ गाउँमा ।।

झरि ,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँ गाउँमा ।।

समाचार, स्थानीय
कृष्ण अन्जानचन्द्रकाेट मजुवाअसौज महिनाकाे मध्य कटिसकेकाे छ ,तैपनि झरीले छाडेकाे छैन , फर्कि फर्कि अकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएकाे छैन । बाटाघाटा भत्केका छन ,पहिराे झरेकाे छ ।खाेला नाला बढेका छन तर पनि सँघिय र प्रदेशमा उम्मेदवार मनाेनयन भए सँगै गुल्मीमा उम्मेदवार हरुकाे चुनावी अभियान शुरु भएकाे छ ।यतिबेला गुल्मी क्षेत्र न १ का लागि एमाले उम्मेदवार नेकपा एमालेका नेता प्रदिप कुमार ज्ञवाली वर्षा र पहिरोलाई छल्दै चन्द्रकाेटका आम मतदाता र कार्यकर्तालाई भेट्न गाउँ गाउँ र टाेल टाेलमा पुग्नु भएकाे छ ।मुख्य रुपले अघिल्ला कार्यकालमा भए गरेका काम हरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के याेजना आवस्यक छन भन्ने सम्बन्धमा अन्तरकृया कार्यक्रममा कार्यकर्ता र आम मतदाता सँग छलफल गर्नु भएकाे छ । यसैगरि नेकपा एमालेबाट प्रदेश सभा १ क का उम्मेदवार चिन्तामणी पाण्डे पनि सँगै हुनुहुन्छ ।कार्यकर्त...
बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

विदेश, समाचार
११ असोज, काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए । ...
बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा

बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा

ताजा अपडेट, समाचार, स्थानीय
असोज ९ बुटबलनेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंचले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम सगै शुभकामना आदान प्रदान कायक्रमको तयारी पुरा भएको छ ।असोज १० गते भोली घटस्थापानाको दिन आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मञ्चले जनाएको छ । आउदै गरेका चाडपर्वहरु विजया दशमि ,शुभ दिपावली तथा छट पर्वको अवशरमा एक आपसमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजनामा गरिएको मंंचका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।गुल्मी जिल्लाबाट बसाईसराइ गरि रुपन्देही जिल्ला लगायत आसपासमा क्षेत्रमा विभिन्न पेशा व्यावसाय गरि बसोबास गर्नुहुने नेकपा एमालेमा आस्थावान सुभेक्छुक कार्यक्रताहरुको उल्लेखनिय उपस्थिती रहने आयोजकले जनाएको छ । गुल्मी जिल्लाका १२ ओटै स्थानियतहको प्रतिनिधित्व हुने गरि उल्लेखनिय उपस्थितीको लागी प्रचारको कार्यलाई तिब्रता दिएको मञ्चका अध्यक्ष थापाले बताउनु भएको छ ।बुटब...
गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।

गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।

ताजा अपडेट, समाचार, स्थानीय
असोज ९, गुल्मीगुल्मी रेसुङ्गा युवा क्लबद्धारा खुल्ला क्रिकेट प्रतियोगिता एवम भलिबल प्रतियोगिता संचालन हुने भएको छ । विजया दशमी शुभ दिपावली तथा आफनो पाँचौं वार्षिकोत्सवको अवशर पारेर रेसुङ्गा नगरपालिका–६ मा रहेको गुल्मी रेसुङ्गा युवा क्लबले खुल्ला क्रिकेट प्रतियोगिता एवम खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको हो । विभिन्न सामाजिक काम गर्दै सभ्य र सुसस्कृत समाज निर्माणको अभियान सहित स्थापना भएको क्लबले खेल क्षेत्रको विकाश र युवाहरुको माग अनुसार खेलकुद कार्यक्रम आयोजना गरेको जनाएको छ । चाडपर्व विषेश परम्परा र सकृतिको संरक्षण समंर्बधन तथा सामाजिक उत्तरदाईत्वका कार्यक्रमहरु गर्दै आईरहेको क्लबले २०७९ सालको विजया दशमीको अबशरमा खुल्ला भलिवल तथा क्रिकेट प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम संचालन गर्न लागेको क्लबका अध्यक्ष गोकर्ण बरालले जानकारी दिनुभएको छ ।असोज १३ र १४ गते क्रिकेट , १५ गत...
उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।

उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।

ताजा अपडेट, समाचार, स्थानीय
सुवास बि.सि ।बुटवल,८ भदौ ।बुटवल ११ देविनगरमा रहेको उद्यमि कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको सामुहिक जिवन बीमा गरि दिएको छ ।शनिबार सामुहिक जीवन बिमा पोलिसी हस्तान्तरण कार्यक्रम गरि आफ्ना शेयर सदस्यहरुलाई रिलायन्स लाइफ इन्स्योरेन्स मार्फत जीवन बिमा गरि दिएको हो ।बचत र ऋणको सम्बन्ध मात्र नभई सदस्यको जिवन सुरक्षालाई बीमा गरिदिएको सहकारीका अध्यक्ष दल बहादुर लहोगुनले बताउनुभयो ।सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि दुई लाखको दुर्घटना बिमा ,कालगतिले मृत्यु भए एक लाख र घातक रोग लागे उपचार खर्च बापत पचास हजार गराइदिएको छ भने शेयर सदस्यको मृत्युभएमा परिवारलाई किरिया खर्च बापत पाँच हजार र सुत्केरी आमालाई पोषिलो खाना बापत एक हजार प्रदान गर्दैै आएको अध्यक्ष लहोगुनले बताउनुभयो ।हस्तान्तरण कार्यक्रममा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख इन्द्र बिश्वकर्माल...