माओवादी केन्द्रको जागरण अभियान


 झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ ।

आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ ।

रमाइलाेकाे सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका -९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गकाे आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाकाे कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोलि विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन्  ।

रमाइलोको जनसभाका लागि माओवादी केन्द्रले ४ वटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर कार्यक्रम गर्दा निस्कने ध्वनीले गर्दा पठनपाठनमा समस्या हुने भएकाले मंगलबार १ दिन बिदा गर्न आग्रह गरेको हो ।

पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...