खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस


कोरोना भाइरसको नाम सुन्नेबित्तिकै अझै पनि आममानिसमा त्रास कायमै छ । यस भाइरसका कारण लामो समयसम्म मानिस घरभित्रै बस्न बाध्य भए । कैयौंले आफन्तसमेत गुमाए भने केयौंको रोजीरोटी खोसियो ।

कोरोना भाइरसको त्यो प्रभावबाट जनजीवन अझै बाहिर निस्कन सकेको छैन । यसैबीच, चिनियाँ वैज्ञानिकको एक समूहले चमेरामा एक नयाँ कोरोना भाइरस ‘एचकेयू–५–सीओभी–२’ पत्ता लगाएका छन् । जसले मानिसलाई संक्रमित गर्न सक्छ ।

बुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईबी) का भाइरस शोधकर्ता सी ज्याङ्लीको नेतृत्वको टोलीले यसबारे अध्ययन गरेको थियो । भाइरस एचकेयू–५–सीओभी–२ कोरोना भाइरसको नयाँ रूप हो । जो पहिलो पटक हङकङमा जापानी ‘पिपिस्ट्रेल’ चमेरामा पहिचान गरिएको थियो ।

हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’ को खबरअनुसार यो नयाँ भाइरस ‘मेरबेकोभाइरस’ उपस्वरूपबाट उत्पन्न भएको हो । जसमा मध्यपूर्व श्वास सिन्ड्रोम (मर्स) का कारण बन्ने भाइरस पनि समावेश छ । सेल नामक पत्रिकामा प्रकाशित एक अध्ययनमा सी नेतृत्वको टोलीले लेखेको छ, ‘एचकेयू–५–सीओभी–२ को एक नयाँ प्रजातिहामीले पहिचान गरेका छौं । जो चमेरामा मात्र नभई मानिस र समान मूलका एकै जेनेटिक गुण भएका विभिन्न स्तनधारी पशुमा पनि फैलिन सक्छ ।’

चमेराको नमुनाबाट अलग गर्दा यो भाइरसले मानव कोषिकाका साथै कृत्रिम रूपमा विकसित अन्य कोषिकाका स–साना समूहलाई पनि संक्रमित गर्न सक्ने अध्ययनमा पाइएको छ । न्युजविकमा प्रकाशित रिपोर्टअनुसार यो नयाँ भाइरस मानिसको ‘एसीई–२ रिसेप्टर’ सँग प्रभावकारी रूपमा जोडिन सक्ने क्षमता राख्छ । प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानिसको कोषिका र अन्य अंगमा संक्रमण फैलाउन सफल भएको थियो । जसकारण यो खतरनाक हुन सक्ने आशंका गरिएको छ ।

एचकेयू–५–सीओभी–२ को खोजपछि चमेरामा पाइने कोरोना भाइरसको निरीक्षण गर्नु निकै आवश्यक रहेको अध्ययनकर्ताको सुझाव छ । किनकि भविष्यमा यो मानिसका लागि ठूलो खतरा बन्ने जोखिम देखिन्छ । हाल यो भाइरसबाट तत्काल कुनै ठूलो खतरा उत्पन्न हुन्छ कि हुँदैन भन्ने स्पष्ट भने भइसकेको छैन । तर अध्ययनकर्ताले सतर्क रहनुपर्ने र भविष्यमा यस्ता महामारी रोक्नका लागि तयार रहन सुझाएका छन् ।

२०१९ को अन्त्यतिरबाट फैलिएको कोभिड–१९ का कारण विश्वभर कैयौंले ज्यान गुमाएका थिए भने विश्व अर्थतन्त्र नै असन्तुलित बनेको थियो । साथै दुई वर्षसम्म लकडाउन हुँदा मानिस बाहिर निस्कन पाएनन् र कैयौंको रोजगारीसमेत गुमेको थियो ।

छुटाउनुभयो कि ?

कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...