समाचार

वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण

वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
फागुन, २३ रुपन्देही बुटबल मैनाबगरमा रहेको दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रम, पाका पुस्ता तल्लो फुलबारी मा बसोबास गर्ने जेष्ठ नागरिकहरूका लागि जन्मदिन विशेष सेवा प्रदान गरिएको छ। मालारानी गाउँपालिका–४, अर्घाखाँची घर भई हाल बुटवलमा बसोबास गर्दै आउनुभएका प्रीतम खनाल ले आफ्नी छोरी दृष्टि खनाल को जन्मदिनको अवसरमा आफ्ना दिवंगत पिता नीमप्रसाद खनाल को स्मृतिमा वृद्धाश्रमका १२ जना आमाबुवाहरूलाई भोजन गराएर सेवा गर्नुभएको छ। जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने यो उदाहरणीय कार्यलाई उहाँकी श्रीमती पुष्पा खनाल ले पनि विशेष अर्थपूर्ण बनाउँदै जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो असहाय, गरिब र वृद्धवृद्धालाई सेवा गर्नु नै सच्चा मानवता भएको बताउनुभयो।पछिल्लो समय जन्मदिन तथा अन्य विशेष अवसरहरूलाई परोपकारी कार्यमा समर्पित गर्ने चलन बढ्दै गएको छ। समाजमा परोपकार, सेवा र सहानुभूतिका भावन...
सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकमा आज शुक्रबार आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत दिउँसो ३ बजे मुर्गिया फुटबल रंगशालामा हुने प्रतिस्पर्धामा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।  प्रतियोगिता अन्तरगत विहिबारको खेलमा महाबिर क्लब काठमाडौंले जित दर्ता गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । उसले चितवनको हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेत...
विशेष अदालतबाट एमडीएमएस घोटालामा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षहरू दोषी ठहर

विशेष अदालतबाट एमडीएमएस घोटालामा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षहरू दोषी ठहर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले झा र खनालसहित विदेशी नागरिक मोहम्मद नुर अमिन र तीन विदेशी कम्पनीलाई दोषी ठहर गरेको छ भने अन्य प्रतिवादीलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र एवं न्यायाधीश​हरू रितेन्द्र थापा र बिदुर कोइरालाको संयुक्त इजलासले दोषी ठहर भएका तीनै जनालाई ​जनही पाँच करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ ७४ पैसा बिगो र एक वर्षको कैद सजाय तोकेको छ । उक्त इजलासले बिहीबार संक्षिप्त फैसला गर्दै​ प्राधिकरणका पूर्वअध्यक्षहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गर्दै उनीहरूको कार्यहरूमा अनियमितता र मिलेमतोको पुष्टि गरेको हो । उनीहरूले प्राधिकरणको अध्यक्षको पदमा...
अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडाैँ अमेरीकी राष्ट्रिति  डोनाल्ड ट्रम्पले चीनीया सामानमा थप १० प्रतिसत भन्सार शुल्क बृद्धि  गरेपछि क्रुद्ध बनेकाे चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न  तयार रहेको बताएको हो। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएक...
सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता

सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि हालसम्म ८१५५ जना सहकारीपीडितले आफ्नो बचत फिर्ता पाएका छन । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले संसदमा यस्तो जानकारी दिएका हुन् । मन्त्री अधिकारीले बर्तमान सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको तथ्य राखे । प्रतिनिधि सभामा सहकारी सम्बन्धी अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले ती बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैया बचत रकम फिर्ता गराइएको बताए । सरकारले सहकारी पीडितलाई केही गरेन भन्ने विपक्षीहरुको आरोपको खण्डन गर्दै मन्त्री अधिकारीले साउनदेखि फागुनसम्मको सो तथ्यांक पेश गरे । त्यस्तै ४ महिनाको बीचमा सहकारीका बचतकर्ता र सञ्चालकहरुबीच सहमति गराएर १ अर्ब १० करोड रुपैयाको हिसाब मिलान गरिएको जानकारी पनि दिए । उनका अनु...
प्रतिनिधिसभाले गर्याे  पाँचवटा अध्यादेश स्वीकार

प्रतिनिधिसभाले गर्याे पाँचवटा अध्यादेश स्वीकार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकार भएका छन् । संघीय संसद्का दुवै सदनका हिउँदे अधिवशेनको पहिलो बैठक माघ १८ मा पेस भएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकार गरिएका छन् । सत्तारुढ दलभित्र नै विवाद उत्पन्न भएर राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था आएपछि सरकारले एउटा अध्यादेश भने 'स्वीकार गरियोस्' भन्ने प्रस्ताव नै सदनमा राखेन ।  प्रतिनिधिसभाको बुधबारको बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएका हुन् । यी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसभा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ मा जारी गरेका थिए । मन्त्रिपरिषद्‍बाट सँगै राष्ट्रपति कार्यालय पुगेको भूमिसम...
उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल

उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । स्वास्थ्य विमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बाफतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ । विमा बाफतको शुल्क तिर्न सक्नेले अनिर्वाय रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरुको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने ।  आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउन...
सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम अघि बढ्ने

सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम अघि बढ्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
कर्णाली प्रदेशको राजधानी भएयता वीरेनद्रनगरमा रहेको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीका लागि बेलाबेला चर्चा हुँदै आएको छ । विमानस्थल विस्तारको चर्चासँगै विवादको कारण काम अघि बढ्न सकेको छैन । जसका कारण विमानस्थल विस्तारको काम स्थगित हुँदै आएको छ । आम निर्वाचनका बेलामा सम्पूर्ण उम्मेदवारहरुले प्रमुख मुद्दा समेत बनाउँदै आएका छन् । विशेषगरी यो बेला राजनीतिक मुद्दा समेत बन्ने गरेको छ । यसरी लामो समयदेखि विवाद र स्थगित हुँदै आएको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम पुनःअघि बढ्ने भएको छ । विमानस्थल विस्तारका लागि संघीय सरकारले नीतिगत निर्णय समेत गरेपछि काम अघि बढ्ने भएको हो । विमानस्थल विस्तारको लागि स्रोत सुनिश्चितता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । फागुन १५ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार विमानस्थल विस्त...
प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस गरिँदै : काँग्रेस, एमालेका सांसदलाई ह्वीप

प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस गरिँदै : काँग्रेस, एमालेका सांसदलाई ह्वीप

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मँगलबार सम्पन्न बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,  र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको छ ।    त्यसैगरी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची त...
माथिल्लो राहुघाट जलविद्युत आयोजना पुग्यो अन्तिम चरणमा

माथिल्लो राहुघाट जलविद्युत आयोजना पुग्यो अन्तिम चरणमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।  तुँदी पावर प्रवद्र्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो। सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए। ‘हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ,’ उनले भने, ‘विद्युत्गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ।’ तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ ...