हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी
बुटवल
लुम्बिनी प्रदेशका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले हिजो व्यवस्था परिवर्तनका लागि संघर्ष गरेको र आज त्यही व्यवस्थामा रहेर नागरिकको अवस्था परिवर्तनका लागि लागि परेको बताएका छन् । गुल्मि मदाने गाउँपालिका स्थायी बसोबास रहेका र बुटवल आसपासमा वस्ने युवाहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना आदानप्रदान गर्न शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि भइसकेपछि राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् ।उनले आफूले कहिले पनि राजनीतिलाई दुरुपयोग नगरी सुशासन ,विकास ,समृद्धिका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले युवाहरुलाई प्रशिक्षण दिँदै एकजनाले मात्र गर्न नसकिने कामहरु सामुहिकतामा गर्न सकिने भएकाले एकतामा जोड दिन सुझाए ।
अहिले देशमा बढ्दै गएको विदेश पलायन र बसाईसराई रोक्न आवश्यक रहेको र यसलाई रोक्न रोजगारी, स्वास्थ्...







