राष्ट्रिय युवा संघ रुपन्देहीको चैत २९ गते जागरण सभा : प्रधानमन्त्रीले सम्बोधन गर्ने


बुटवल 

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय सुख्खानगरमा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले यही चैत २९ गते बुटवलमा जागरण सभा गर्ने निर्णय भएको छ ।

सो सभालाई सम्बोधन गर्न २९ गते प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा आउने युवा संघ रुपन्देहीले जनाएको छ । साथै युवा संघले सो सभामा ५००० को संख्यामा मोटरसाइकलहरु उपस्थित गराई प्रधानमन्त्री ओलीलाई स्वागतका लागि कार्यक्रम स्थलमा प्रवेश गराउनेजस्ता विभिन्न एजेन्डामा छलफल गरी निर्णय गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी महासचिव सुमन पुरीको प्रमुख आत्थित्यतामा सम्पन्न बैठकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष कृष्ण कुमालको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य केशब रोक्का , स्थाई कमिटी सदस्य द्बय किरण नेपाल,दिननाथ भट्टराईको उपस्थिति रहेको थियो ।

त्यसैगरी युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य
श्रद्धा कुँवर, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुरज खरेल,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्यौपाने, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे , जिल्ला सचिवालय सदस्य ऋिसिराम पाण्डे,राजेन्द्र ढकाल,नहकुल शाही नेकपा एमाले जिल्ला कमिटी सदस्य  कृष्ण मल्ल ठकुरी ,चक्रपाणी तिवारी , राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य शंकर पाण्डेय, सुनिल ओली ,राज कुमार थापा,बिमल के।सी , पालिका कमिटी अध्यक्षलगायतको उपस्थितिमा सम्पन्न बैठकको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका सचिव दिपेश कडेलले गरेका थिए ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...