वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। हिजो दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उहाँको राति पौने ८ बजे निधन भएको हो। उनका माइला भाइ पुरू रिसालले यो खबर पुष्टि गरेका छन्।

रिसालले आफ्नो देहावसानपछि शरीर दान गर्ने घोषणा गरेका थिए। उनको इच्छाअनुसार, अब पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरीर  लागिएको छ। उनका छोरी सुष्मा रिसालका अनुसार, पाटनमा शरीर पठाउने तयारी भइरहेको छ।

उनी ९७ वर्षका थिए र पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए। राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका रिसालले राससमा प्रमुख संवाददाता भएर अवकाश प्राप्त गरेका थिए। पत्रकारिता र रेडियो सगरमाथामा उनका योगदान अविस्मरणीय रहन्छ। रेडियो सगरमाथाको स्थापनाकालदेखि उनले विभिन्न कार्यक्रमहरू सञ्चालन गरे, जसमा “बाजेका पालामा” र “रेडियो कुराकानी” प्रमुख थिए।

भैरव रिसालको निधन पत्रकारिता क्षेत्रमा ठूलो क्षति हो। उनकी सक्रियता र योगदान सधैं सम्झनामा रहनेछ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...