वरिष्ठ पत्रकार भैरव रिसालको निधन


काठमाडौं

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। हिजो दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उहाँको राति पौने ८ बजे निधन भएको हो। उनका माइला भाइ पुरू रिसालले यो खबर पुष्टि गरेका छन्।

रिसालले आफ्नो देहावसानपछि शरीर दान गर्ने घोषणा गरेका थिए। उनको इच्छाअनुसार, अब पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरीर  लागिएको छ। उनका छोरी सुष्मा रिसालका अनुसार, पाटनमा शरीर पठाउने तयारी भइरहेको छ।

उनी ९७ वर्षका थिए र पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए। राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका रिसालले राससमा प्रमुख संवाददाता भएर अवकाश प्राप्त गरेका थिए। पत्रकारिता र रेडियो सगरमाथामा उनका योगदान अविस्मरणीय रहन्छ। रेडियो सगरमाथाको स्थापनाकालदेखि उनले विभिन्न कार्यक्रमहरू सञ्चालन गरे, जसमा “बाजेका पालामा” र “रेडियो कुराकानी” प्रमुख थिए।

भैरव रिसालको निधन पत्रकारिता क्षेत्रमा ठूलो क्षति हो। उनकी सक्रियता र योगदान सधैं सम्झनामा रहनेछ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...