लुम्बिनी प्रदेशको बजेट खर्चमा पुरानै शैली
बुटवल
चालु आर्थिक वर्षको ६ महिना बितिसकेको छ । तर लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को यो अवधिमा पुँजीगत बजेट जम्मा साढे १० प्रतिशत मात्र खर्च गरेको छ । सरकारको खर्च रकम विकासको लागि चिन्ताजनक नै छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा प्रदेश सरकारले समग्रमा १३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । शतप्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले अबको ६ महिनामा झन्डै ८७ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थाले यो पटक शतप्रतिशत बजेट खर्च नहुने देखिएको छ । संघीय सरकारले पटक–पटक बजेट समयमै खर्च गर्न आग्रह गरे पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयले वेवसाइडमा राखेको प्रतिवेदनमा मंसिर मसान्तसम्म जम्मा बजेट खर्च १३ प्रतिशत भएको उल्लेख गरिएको छ । मंसिर मसान्तसम्ममा चालुतर्फ १९।४८ प्रतिशत र पुँजीगततर्फ साढे १० प्रतिश...








