राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । 

संघीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ। संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक तयारी, परिसर क्षेत्रमा सजावट, प्रवेश पासको व्यवस्थालगायत कार्यहरु सम्पन्न भएका छन् । राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित ‘रिहर्सल’ गर्ने काम आज (शुक्रबार) बिहान गरिँदै छ ।

संयुक्त बैठकपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बसेर राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने र राष्ट्रपतिको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको प्रवक्ता गिरीले जानकारी दिए। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने सम्भावित कार्यसूची रहेको छ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...