उडीसामा फेरी एक नेपाली छात्राको मृत्यु 


बिहीबार राती भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोज (केआईआईटी)मा अर्की एक नेपाली बिद्यार्थीको ज्यान गएको छ। 

उक्त कलेजमा बिटेक दोस्रो सेमेष्टरमा अध्ययनरत वीरगन्जकी विद्यार्थी प्रिसा शाह मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। सो शिक्षालयको दोस्रो सेमेस्टरमा अध्ययनरत शाह होस्टल मै बसेकी थिइन्।

उनीसँग सँगै अध्ययन गर्ने रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार अहिले प्रहरीले कलेज प्रशासन वार्डेन र अन्य विद्यार्थीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको छ। 

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ, प्रहरीले अनुसन्धानका लागि सोधपुछ गरि रहेको छ उनले भने। 

‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन सबै विद्यार्थीलाई स्तब्ध बनाएको छ, कोही केही बोल्ने मुडमा छैनन्, विषयवस्तु पनि केही खुलेको छैन’ लम्सालले भने।

वीरगन्जकी  शाह अर्को एक जना साथीसँगै बस्ने गरेकी थिइन्। ‘शाह मेरो क्लासमेट नै हो, दुई जना नेपाली छात्राहरू होस्टेलमा बस्ने साथीहरू थिए नै तर आज एक्कासि यस्तो घटना देख्नुपर्‍यो’ उनले भने–‘क्लासमा निकै मेहनती र शालीन थिइन्।’

उडीसा प्रहरीले मृतकको शव अस्पताल लगिएको र उनका आफन्त आएपछि मात्रै पोष्टमार्टम गरिने जनाएको छ। 

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० बर्सिया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए। रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो। 

उक्त घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही सिफारिस गरिएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो।

करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेको र भुवनेश्वर प्रहरीसँगको कुराकानीमा बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेको बताए। 

प्रहरीले शाहको परिवार नजाँदै पोस्टमार्टम नगर्ने जनाएको त्यहाँ रहेका नेपाली विद्यार्थीले जनाएका छन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...