दम्पत्तिद्वारा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको एक्ट्राटेक क्रिकेट मैदान निर्माण
बुटवल
अष्ट्रेलियामा आईटी व्यवसाय संचालन गर्दै आएका उर्जावान नेपाली युवा विनोद कुवँर उनकी पत्नी सुदिक्षाले रुपन्देहीमा पाँच विगाह क्षेत्रफलमा ४५ करोड बढि खर्चिएर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्।
कुवँर दम्पत्तिले जग्गा बाहेक रंगशालाको पुर्वाधार निर्माणमा मात्र ४५ करोड बढि लगानी गर्दै छन्। ०८० साल जेठ २९ गते शिलान्यास गरि निर्माण सुरु गरिएको रंगशालामा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरि मैदान निर्माण गरिएको थियो। सोहि अनुसार गत फागुन २८ गते मैदानको उद्घाटन सहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो। सोहि रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भईरहेका छन् भने रातीको समयमा खेल खेल्न मिल्ने गरि फ्लड लाईट जडानको काम पनि सुरु भएको छ।
एक्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुवँरले शुक्रबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्...








