समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।  प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएक...
अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल, जेठ २४ अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए । यस्तै युवाहरुलाई  सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्...
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्त

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र  समन्वय समूहले यहाँ आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे । शिक्षामन्त्री पन्तले भने, “शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ ।” उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए ।  सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर...
रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्। मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। 'मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,' ओभल अफिसमा मर्जसहितको छलफलमा ट्रम्पले भने। उनले दुई देशबीचको युद्धलाई केटाकेटीको झगडासँग पनि तुलना गरे। 'केटाकेटी झगडा गर्दा कहिलेकाँही उनीहरूलाई केही समय लड्न दिनुपर्छ। दुवैले कष्ट भोगेपछि मात्रै उनीहरूलाई छुट्याउन सकिन्छ, नत्र सकिँदैन,' ट्रम्पले भने। हक्की र अन्य खेलमा पनि रेफ्रीले खेलाडीलाई केही समय लड्न दिएर मात्र छु...
गुल्मी र गुल्मेलीको पहिचान

गुल्मी र गुल्मेलीको पहिचान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, गुल्मी नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्। जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्द...
मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ आज शनिबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा भूभागमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी...
अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्। स्थानीय समयअनुसार बिहीबार राति १०स्४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्। प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ। विस्तृत जानकारी आइसकेको छैन। ...
विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने

विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गरेका छन् । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ,´ मुख्यमन्त्री आचार्यले भने,अहिले गरिने पूर्वतयारीले विपदबाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ ।´ उनले विपद् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि चाहिने सामग्रीको अभाव हुन नदिन सरकारले ध्यान दिने स्पष्ट पारे । स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरक...
गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय

गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा अवरुद्ध राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा छलफल भएको थियो। बैठकमा सहभागी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालखबरसँग कुरा गर्दै गृहमन्त्रीमाथि छानबिन हुनु अत्यावश्यक रहेको भन्दै संसद् सञ्चालनमा अवरोध यथावत् राख्ने निर्णय भएको जानकारी दिए। खनालका अनुसार बैठकमा नेपाली कांग्रेससहित अन्य दलहरूसँग पनि यसबारे थप छलफल गर्ने सहमति भएको छ। भिजिट भिसाको दुरुपयोग र त्यसमा देखिएको सम्भावित सत्ता संलग्नतालाई लिएर प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउँदै आएको छ। यसै सन्दर्भमा उनीहरूले जिम्मेवार तहबाट छानबिनको माग गर्द...
अमेरिकाद्वारा दिइएको टीपीएस सुविधा खारेज, नेपाल फर्कन दुई महिनाकाे समय  ताेकीयाे

अमेरिकाद्वारा दिइएको टीपीएस सुविधा खारेज, नेपाल फर्कन दुई महिनाकाे समय  ताेकीयाे

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँ संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । यो खारेज भएसँगै अमेरिकामा टीपीएसका आधारमा बसोबास गर्दै आएका करिब ७ हजार नेपाली अब स्वदेश फर्किनुपर्ने छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको वर्तमान अवस्थाबारे समीक्षा तथा अन्य सरकारी निकायसंगकाे परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा बताइएकाे छ । ‘डिपार्टमेन्ट अफ होमल्याण्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी छन्’, सूचनामा भनिएको छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११  बजे अन्त्य हुने जनाइएको छ । यो समय सीमा भित्रै टीपीएस मान्यताका आधारमा अमेरिकामा बसीरहेका नेपालीले  स्वदेश फर्किनुपर्नेछ । ‘यदि त...