अमेरिकाद्वारा दिइएको टीपीएस सुविधा खारेज, नेपाल फर्कन दुई महिनाकाे समय  ताेकीयाे


काठमाडौँ

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । यो खारेज भएसँगै अमेरिकामा टीपीएसका आधारमा बसोबास गर्दै आएका करिब ७ हजार नेपाली अब स्वदेश फर्किनुपर्ने छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको वर्तमान अवस्थाबारे समीक्षा तथा अन्य सरकारी निकायसंगकाे परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा बताइएकाे छ ।

‘डिपार्टमेन्ट अफ होमल्याण्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी छन्’, सूचनामा भनिएको छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११  बजे अन्त्य हुने जनाइएको छ । यो समय सीमा भित्रै टीपीएस मान्यताका आधारमा अमेरिकामा बसीरहेका नेपालीले  स्वदेश फर्किनुपर्नेछ ।

‘यदि तपाईँ टीपीएस स्ट्याटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधारहरू पनि छैनन् भने नेपाल फर्किन तयार हुनुस्’, सूचनामा भनिएको छ, ‘अमेरिका छाड्ने मनसाय भएमा तपाईँ सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।’ डोनाल्ड ट्रम्प अघिल्लो कार्यकालमा  समेत नेपाललाई  दिइएकाे टीपीएस  सुबिधा खारेज गर्ने प्रक्रिया अघि बढेको थियो । तर त्यस बेला नेपाल फर्किन १२ महिना समय सीमा तोकिएको थियो ।

 सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पलाई हेरेर अमेरिकी सरकारले त्यती बेला विना कागजात बसेका नेपालीहरूलाई टीपीएस सुविधा उपलब्ध गराएको थियो । त्यस बेला करीब १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बत्ताइएको तियो ।

अमेरिकी राष्ट्रपतिका रूपमा  ट्रम्पले  दोस्रो कार्यकालको नेतृत्व गर्दै गर्दा  अवैध रूपमा बसोबास गरिरहेकाहरूप्रति कडा नीति लिएका छन् । यही समयमा नेपाली नागरिकहरू पनि यसमा परेका हुन भने टीपीएसका आधारमा बस्दै आएका थप नेपाली समेत अब घर फर्काइने भएका छन् । केही समय अघि अमेरिकाले विमान नै चार्टर्ड  गरेर अवैध बाटोबाट अमेरिका पुगेका केही नेपालीलाई स्वदेश फर्काइसकेको छ । 

के हो त टीपीएस ?

अमेरिकी आप्रवासन प्रणाली अन्तर्गत विशेष परिस्थितिमा दिइने सुविधा टीपीएस  हो । यो सुविधा पाएका निश्चित देशका नागरिकहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा समेत गर्न अनुमति रहेको  हुन्छ । यो सुविधालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) अन्तर्गत रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले व्यवस्थापन गर्दछ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...