गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय


काठमाडौँ

प्रतिपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा अवरुद्ध राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा छलफल भएको थियो। बैठकमा सहभागी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालखबरसँग कुरा गर्दै गृहमन्त्रीमाथि छानबिन हुनु अत्यावश्यक रहेको भन्दै संसद् सञ्चालनमा अवरोध यथावत् राख्ने निर्णय भएको जानकारी दिए।

खनालका अनुसार बैठकमा नेपाली कांग्रेससहित अन्य दलहरूसँग पनि यसबारे थप छलफल गर्ने सहमति भएको छ। भिजिट भिसाको दुरुपयोग र त्यसमा देखिएको सम्भावित सत्ता संलग्नतालाई लिएर प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउँदै आएको छ। यसै सन्दर्भमा उनीहरूले जिम्मेवार तहबाट छानबिनको माग गर्दै संसदीय प्रक्रियामा दबाब सिर्जना गर्ने रणनीति अघि सारेका हुन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...