विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गरेका छन् ।

लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ,´ मुख्यमन्त्री आचार्यले भने,अहिले गरिने पूर्वतयारीले विपदबाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ ।´

उनले विपद् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि चाहिने सामग्रीको अभाव हुन नदिन सरकारले ध्यान दिने स्पष्ट पारे । स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरकार गम्भीर रहेको, तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धारका सामग्री उपलब्ध गराइने जानकारी पनि दिए ।
साथै, उनले स्थानीय तह र समुदायसँगको सहकार्यबाट विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने भएकाले समुदायको सक्रिय परिचालनमा विशेष ध्यान दिइने बताए ।

यस वर्ष लुम्बिनी प्रदेश मनसुनजन्य विपदबाट बढी प्रभावित हुने प्रक्षेपण गरिएको भन्दै प्रदेश सरकारले तयारीलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै असर पर्ने देखिएको छ । अनुमान अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने सम्भावना छ ।

गत १० वर्षको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्का १ हजार ६ सय १८ वटा घटना घटेका छन् । ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् भने ८ हजार ३१५ परिवार प्रभावित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार सबैभन्दा धेरै घटना ०८० सालमा २९२ वटा र सबैभन्दा बढी मानवीय क्षति २०७३ सालमा १०७ जनाको मृत्यु भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो र भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । त्यसवेला करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपद् प्रतिकार्यमा तीनवटै सुरक्षा निकायको साथ र सहयोगले क्षति न्यूनीकरण गर्न टेवा पुगेको बताए ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘हातेमालो–७’ एकीकृत अभ्यास गर्दै विपद्को बेलाको अवस्था अनुसार खोज तथा उद्धार कार्यमा देखिने व्यवहारिक पक्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी प्रेमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, रेडक्रसकर्मी, विद्यार्थी, शिक्षक तथा समुदायका नागरिकहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सुरक्षाकर्मी तथा रेडक्रसले खोज तथा उद्धार, प्राथमिक उपचारमा प्रयोग हुने सामग्रीको प्रदर्शनीसहित प्रयोगको विधिबारे जानकारी गराएका थिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...