समाचार

आज महाशिवरात्री :  देशभरका शिवालयमा पूजाआराधना गरी मनाइँदै

आज महाशिवरात्री : देशभरका शिवालयमा पूजाआराधना गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पल...
खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस

खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
कोरोना भाइरसको नाम सुन्नेबित्तिकै अझै पनि आममानिसमा त्रास कायमै छ । यस भाइरसका कारण लामो समयसम्म मानिस घरभित्रै बस्न बाध्य भए । कैयौंले आफन्तसमेत गुमाए भने केयौंको रोजीरोटी खोसियो । कोरोना भाइरसको त्यो प्रभावबाट जनजीवन अझै बाहिर निस्कन सकेको छैन । यसैबीच, चिनियाँ वैज्ञानिकको एक समूहले चमेरामा एक नयाँ कोरोना भाइरस ‘एचकेयू–५–सीओभी–२’ पत्ता लगाएका छन् । जसले मानिसलाई संक्रमित गर्न सक्छ । बुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईबी) का भाइरस शोधकर्ता सी ज्याङ्लीको नेतृत्वको टोलीले यसबारे अध्ययन गरेको थियो । भाइरस एचकेयू–५–सीओभी–२ कोरोना भाइरसको नयाँ रूप हो । जो पहिलो पटक हङकङमा जापानी ‘पिपिस्ट्रेल’ चमेरामा पहिचान गरिएको थियो । हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’ को खबरअनुसार यो नयाँ भाइरस ‘मेरबेकोभाइरस’ उपस्वरूपबाट उत्पन्न भएको हो । जसमा मध्यपूर्व श्वास सिन्ड्रोम (मर्स) का कारण बन...
माओवादी केन्द्रको  जागरण अभियान

माओवादी केन्द्रको जागरण अभियान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ । रमाइलाेकाे सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका -९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गकाे आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाकाे कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोलि विराटनगर केन्द्रित भेटघाट कार्यक्र...
प्रकृतिको परिवारसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन सम्वाद

प्रकृतिको परिवारसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन सम्वाद

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलिफोन सम्वाद गरेका छन् । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि आफूले कुटनीतिक पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ भैरहवामा बस्ने प्रकृतिका बुवा–आमासँग फोन सम्पर्कमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दोषिलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जानकारी गराए । ‘सबै निपाली विद्यार्थी हाम्रै छोराछोरी हुन, सबैको सुरक्षाको लागि म सचेत छु, हामि पहल गरिरहेका छौं ।’–प्रधानमन्त्री ओलीले भने । प्रकृतिको परिवारलाई परेको पीडामा राज्य साथमा रहेको बताउँदै उनले दुःख व्यक्त गरे ।  ...
लुम्बिनी प्रदेशलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

लुम्बिनी प्रदेशलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ। चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ।  अब आगामी वर्ष वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित गरी लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त प्रदेश बनाउनेगरी प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। मानवता प्रवर्द्धन अभियानअन्तर्गत मानवसेवा आश्रमसँग लुम्बिनी प्रदेश सरकारले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै मानवतायुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।`कसैले पनि सडकमा बास बस्न नपरोस्, भोकभोकै बस्न नपरोस्,´मुख्यमन्त्री आचार्यले भने, `संविधानले सुनिश्चित गरेका हक अधिकारको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो। ...
अख्तियार विधेयकको ऐनामा कानुन निर्माणको परिदृश्य

अख्तियार विधेयकको ऐनामा कानुन निर्माणको परिदृश्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक दुई महिनादेखि रोकिएको छ । विवादित विषयमा सहमति जुटाउन गठित हृदयराम थानी नेतृत्वको उपसमितिले सर्वसम्मतिको प्रतिवेदन समितिमा बुझाएको भए पनि सभापति रामहरि खतिवडाले सन्देहास्पद भूमिका निर्वाह गरिरहेका छन् । उनले सभापतिका रूपमा विधेयकलाई थप प्रक्रियामा नलैजानुको औचित्य स्थापित गर्न पनि सकेका छैनन् । जबकि, उनी नेतृत्वको समितिले यही विधेयकसँगै अघि बढेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन भने प्रतिनिधिसभामा पेस गरिसकेको छ । अख्तियार विधेयक समितिको कमजोर निर्णय क्षमता, विधेयकहरू वर्षौंसम्म संसदीय प्रक्रियामा अल्झिने प्रवृत्ति, कानुन निर्माणमा संसद्को सार्वभौम भूमिका र सरकारको हस्तक्षेपकारी चासो प्रतिबिम्बित गर्ने उदाहरण बनेको छ । यो विधेयकको आलोकमा कानुन निर्माणमा संस...
प्रतिनिधिसभा बैठकमा बाँदर र बँदेल आतङ्कको दीर्घकालीन समाधानमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरिँदै

प्रतिनिधिसभा बैठकमा बाँदर र बँदेल आतङ्कको दीर्घकालीन समाधानमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरिँदै

Breaking news 2, कृषि, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०–०८१’ पेस गर्ने कार्यसूची छ ।यस्तै, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, सांसद शेर बहादुर कुँवरले ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौड...
राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन

राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै बोर्डले त्यस्ता व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर, मर्चेन्ट बैंकरलगायतलाई निर्देशन दिएको हो ।  संयुक्त राष्ट्रसंघले आतंकवादी क्रियाकलाप, गैरकानुनी गतिविधिलगायतमा संलग्न व्यक्तिलाई विश्वव्यापी रूपमै प्रतिबन्ध लगाउने र त्यस्ता व्यक्ति वा संस्थाको सूची नियमित रूपमा प्रकाशन गर्छ । उक्त सूची हरेक देशको गृह मन्त्रालयले पनि नियमित रूपमा अद्यावधिक र प्रकाशन गर्दै आएको छ । बोर्डले त्यही सूचीमा रहेका व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न तथा सम्भावित त्य...
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद: उद्योगमा बिजुली नकाट्न प्राधिकरणलाई आयोगको पत्र

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद: उद्योगमा बिजुली नकाट्न प्राधिकरणलाई आयोगको पत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई उद्योगमा बिजुली नकाट्न निर्देशन दिएको छ । उद्योगीले बक्यौता नबुझाएको भन्दै बिजुली काट्न सहमतिका लागि प्राधिकरणले गत माघ २८ मा आयोगलाई पत्र पठाएको थियो । विद्युत् लाइन काट्नेबाहेक वैकल्पिक कारबाही गर्न निर्देश गर्दै आयोगले प्राधिकरणलाई फेरि पत्र पठाएको हो । उद्योगको लाइन काट्दा यस्ता ग्राहकबाट आर्जन गर्ने नियमित आम्दानीमा नकारात्मक असर पर्ने, उद्योग बन्द भए रोजगारी तथा उत्पादनसमेत प्रभावित भई देश र समाजलाई क्षति हुन जाने आयोगको पत्रमा उल्लेख छ । भनिएको छ, ‘मासिक विद्युत् महसुल नियमित रूपमा भुक्तानी गरिरहेका उपभोक्ताको हकमा लाइन काट्नेबाहेक अन्य उपयुक्त र कानुनसम्मत वैकल्पिक कारबाही गर्न सकिनेछ ।’ त्यस्तो कारबाही परिणाममुखी हुने–नहुने, कार्यान्वयन हुने–नहुने, अन्य सरोकारवाला निकायको मूल्य, मान्यता र सरोकारसँग तादात...
शाइन रेसुंगा बैंक १७ बर्षमा निक्षेप ६९ अर्ब ७२ करोड

शाइन रेसुंगा बैंक १७ बर्षमा निक्षेप ६९ अर्ब ७२ करोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलकाठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’बर्गको एक मात्रै विकास बैंक साईन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ बर्षमा प्रवेश गरेको छ । बिहान ७ बजे कालिकानगरस्थित प्रधान कार्यालयबाट मणिग्रामसम्म राष्ट्रियस्तरको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दैछ ।तीन विधामा हुने उक्त दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयां पुरस्कार राशी रहेको छ । यस्तै दिउसो २ बजे ड्रिमल्याण्ड रिसोर्ट मणिग्राममा शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण,उत्कृष्ट शाखा र कर्मचारी सम्मान लगायत कार्यक्रम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ ।२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल...