समाचार

सातै प्रदेशमा भारी वर्षा हुने, कोशी र मधेसमा हावाहुरीको सम्भावना

सातै प्रदेशमा भारी वर्षा हुने, कोशी र मधेसमा हावाहुरीको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (असार ६, शुक्रबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। आज राति: देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश,...
दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार रहेकाे प्रारम्भिक रिपोर्ट

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार रहेकाे प्रारम्भिक रिपोर्ट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार
काठमाडौं दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रूपमा पत्ता लागेको छ। चिनियाँ विज्ञ टोलीले यो ग्याँस नेपाललाई करिब ५० वर्षसम्म पुग्ने अनुमानसहितको प्रारम्भिक रिपोर्ट प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार प्रारम्भिक रिपोर्टले मिथेन ग्याँस रहेको पुष्टि गरेको छ। मिथेन स्वच्छ इन्धन मानिन्छ र पेट्रोल–डिजेलको विकल्पका रूपमा गाडी सञ्चालन, विद्युत् उत्पादन तथा घरेलु प्रयोजनमा प्रयोग गर्न सकिने उल्लेख छ। खानी तथा भूगर्भ विभागका अनुसार यसबाट हाइड्रोजन छुट्टाएर अमोनिया उत्पादन गरी मल उद्योगमा समेत प्रयोग गर्न सकिने सम्भावना छ। दैलेखका केही स्थानमा जमिनबाट निस्किएको ग्याँस प्रज्वलित भएर आगो बलिरहने घटनालाई स्थानीयले दैवी शक्ति मानेर पूजा गर्दै आएका थिए। तर वैज्ञानिक परीक्षणले त्यहाँ प्रज्वलनशील प्राकृतिक...
देश भर पानी पर्ने, चारवटा प्रदेशमा भारी वर्षा हुने

देश भर पानी पर्ने, चारवटा प्रदेशमा भारी वर्षा हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (असार ५, बिहीबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी द...
बुटवल-नारायणगढ सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

बुटवल-नारायणगढ सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको  छ। केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने  खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ। निरन्तर सडक अवरुद्ध भएपछि प्रहरीले  पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल तर्फ जान भनेको छ भने  काठमाडौँबाट पश्चिम तर्फ जाने सवारी साधनलाई पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको नै बाटो...
असार ७ गतेसम्म बाढीको जोखिम, नदी किनार क्षेत्रमा उच्च सतर्कता

असार ७ गतेसम्म बाढीको जोखिम, नदी किनार क्षेत्रमा उच्च सतर्कता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी र सुनकोसी नदीमा ठूलो बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा बुधबार जारी सूचनामा असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको उल्लेख गरिएको छ। चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार त्यस क्षेत्रको भारी वर्षाले नेपालतर्फ बहने भोटेकोसी नदीको बहावमा तीव्र वृद्धि हुनसक्ने र त्यसले सुनकोसी नदीमा पनि असर पार्न सक्ने सम्भावना रहेको जनाइएको छ। विशेष गरी भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रका नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। प्रशासनले नागरिकलाई नदी किनारबाट टाढा रहन, अनावश्यक आ...
विश्व बैंकबाट झण्डै २१ अर्ब ऋणमा पुल सुधार कार्यक्रम अगाडि बढ्ने

विश्व बैंकबाट झण्डै २१ अर्ब ऋणमा पुल सुधार कार्यक्रम अगाडि बढ्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँ सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि जानकारी दिँदै, रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि पनि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब २९ अर्ब ७२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरिएको बताए। उनका अनुसार, सरकारले बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको अनुदान सहायता पनि स्वीकार गरेको छ। सरकारले पूर्वाधार विकास, यातायात सञ्जाल सुधार र ग्रामीण क्षेत्रको ...
चार सय मुरी धान फलाउने गुल्मीका कृषक अर्याल सम्मानित

चार सय मुरी धान फलाउने गुल्मीका कृषक अर्याल सम्मानित

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
गुल्मी चार सय मुरी धान फलाउने गुल्मी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका ५४ वर्षीय मेघनाथ अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत धुर्कोट गाउँपालिकाले कृषिका विभिन्न पाँच विधामा व्यवसायीक उत्पादन गरेका मध्येबाट उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्ने गरेको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । कृषि र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले धानबाली तर्फ अर्याललाई सम्मान गरिएको पन्थीले बताउनुभयो । कोरियामा तीन वर्ष काम गरेर बुटवलमा बस्दै आउनु भएका मेघनाथ अर्यालले २०७७ सालदेखि माटोमै समृद्धिको सपनासहित कृषि कर्म गरिरहनुभएको छ । उहाँले आफ्नो ७२ रोपनी र लिजमा लिएको २८ गरेर एक सय रोपनी खेतमा धान खेती गरेर गत वर्ष चार सय मुरी धान भित्र्याएको दाबी गर्नुभयो । अर्य...
टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित

टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको दिन घरेलु टोलीले भने पहिलो हार व्यहोरेको हो। मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर नेपालले हार भोगेको थियो। स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो। उनले ३५ बलमा ४ चौका सहयोगमा ३० रन बनाए। करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे। २१ बलमा १४ रन बनाएका...
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ४, बुधबार) को सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदे...
अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तस्करी नियन्त्रण गर्न सबै प्रहरी युनिटहरूलाई सक्रिय बनाएको छ । खुल्ला सिमानाका कारण हुने भन्सार चोरी तस्करी नियन्त्रण गर्न प्रहरीहरू सक्रिय भएका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गएको २ दिनमा अवैध रूपमा भारतबाट चोरी तस्करी गरी नेपाल भित्रिएको २० लाख ९१ हजार ३ सय बढी मूल्यका विभिन्न सामानहरू बरामद गरी भन्सार चलान गरेको हो । चोरी तस्करी नियन्त्रण गर्न सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले दैनिक जसो अवैध भन्सार चोरी तस्करी मार्फत भित्रिएका सामानहरू समाउँदै भन्सार पठाउँदै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले बताए । आइतबार र सोमबार मात्र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ६ गोनाह मा शङ्का लागि लु ११ प ५०६५ लु ५४ प ४४२३ नम्बरको मोटरसाइकल रोकी चेकजा...