टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित


काठमाडौँ

नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको दिन घरेलु टोलीले भने पहिलो हार व्यहोरेको हो।

मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर नेपालले हार भोगेको थियो।

स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो। उनले ३५ बलमा ४ चौका सहयोगमा ३० रन बनाए।

करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे।

२१ बलमा १४ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्याच आउट हुन पुगे। १४ बलमा १३ रन बनाएका बसिर अहमद माइकल लिस्कको बलमा कट बोल्ड हुन पुगे। किरण ठगुन्ना ११ रनमा आउट भए।

लोकेश बम ९ रनमा पेभेलियन फर्के। कप्तान रोहित पौडेलले सात र अनिल शाहले ३ रन थपे। रुपेश सिंहले ६ रन बनाए।

त्यसअघि स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली २ बल अगावै ९७ रनमा समेटियो।

पावर प्लेमा नै ५ विकेट लिदै स्कटल्यान्डको ब्याटिङ लाइनलाई नेपालले पुर्ण रुपमा दबाबमा राखेको थियो। सन्दीपले १२ र १७ औँ ओभरमा लगातार २ विकेट लिएपछि स्कटल्यान्डको टोलीलाई थप दबाबमा राखे।

स्कटल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले चार विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ११ रन दिएर चार विकेट आफ्नो नाममा गरेका हुन्।

करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे।

माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

कप्तान म्याथु क्रोस १५ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। ब्राण्डोन म्याक मुलेन १० रन बनाउँदा ललित राजवंशीको बलमा क्याच आउट हुन पुगे। स्कटल्यान्डका आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...