असार ७ गतेसम्म बाढीको जोखिम, नदी किनार क्षेत्रमा उच्च सतर्कता


काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी र सुनकोसी नदीमा ठूलो बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा बुधबार जारी सूचनामा असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको उल्लेख गरिएको छ। चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार त्यस क्षेत्रको भारी वर्षाले नेपालतर्फ बहने भोटेकोसी नदीको बहावमा तीव्र वृद्धि हुनसक्ने र त्यसले सुनकोसी नदीमा पनि असर पार्न सक्ने सम्भावना रहेको जनाइएको छ।

विशेष गरी भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रका नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले नागरिकलाई नदी किनारबाट टाढा रहन, अनावश्यक आवागमन नगर्न र जोखिमपूर्ण क्रियाकलापबाट जोगिन आग्रह गरेको छ। साथै स्थानीय तहहरूलाई पनि आवश्यक पूर्वतयारीमा रहन निर्देशन दिइएको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...