समाचार

युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव

युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका दुई नेपाली युवा बुधबार बुटवलस्थित घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर ल्याएको हो । बुटवल उपमहानगरपालिका-१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै  घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए । नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको भन्दै युवाहरुले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने–जाने गर्दै आएको सुमनले सुनाए । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको उनको भनाइ छ । ‘हामीलाई साह्रै अप्ठ्यारो पनि परेको थिएन । प्रत्यक्ष हमला पनि देखिएन । पछि...
अध्यागमन प्रणाली सुधार्न उच्चस्तरीय समितिलाई ९ बुँदे नीतिगत कार्यादेश

अध्यागमन प्रणाली सुधार्न उच्चस्तरीय समितिलाई ९ बुँदे नीतिगत कार्यादेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका लागि मात्रै केन्द्रित भएर अध्ययन गर्ने भएको छ ।  विमानस्थलको बेथिति र अनियमिततामाथि अख्तियारले छुट्टै अनुसन्धान गरेकाले समितिलाई नीतिगत, कानुनी र संरचनागत कमीकमजोरीका कारणले हुने समस्याको अध्ययन गरेर सरकारलाई सुझाव दिन ९ बुँदाको क्षेत्राधिकार दिइएको हो । समितिका एक सदस्यका अनुसार कार्यविधि बनाएर समितिले तत्कालै काम थाल्ने छ । गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्ष माओवादीसँग भएको दुई बुँदे सहमतिको जगमै सरकारले समिति बनाएको र यसले नीतिगत सुधारको दिशामा काम गर्ने बताए । सरकार र माओवादीबीच यस दिशामा जेठ ३० गते दुई बुँदे सहमति भएको थियो । सरकारका तर्फबाट एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादीका प्र...
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, जोन ३३ को चौथो मिटिङ तथा फेलोशिप सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, जोन ३३ को चौथो मिटिङ तथा फेलोशिप सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल देशका पाँच जिल्लामा सेवा दिइरहेको लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५P एरिया ४ जोन ३३ काे चौथो जोन मिटिङ तथा फेलोशीप कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५P एरिया ४ जोन ३३ का चियर पर्सन ओम थापाले संस्थाको कार्यप्रगति र आगामी योजनाका बारेमा प्रकाश पार्नुभयो। थापाले शिक्षा ,स्वास्थ्य ,वातावरणलाई प्रमुख उद्देश्य बनाई काम गरिरहेको संस्थाले शैक्षिक सामग्री वितरण, आँखाको निःशुल्क उपचार ,क्यान्सरको जनचेतना र उपचारार्थ आर्थिक सहयोग, रक्तदान कार्यक्रम ,लागू औषध विरुद्ध जनचेतना, मधुमेहको निःशुल्क परीक्षण लगायतका कामहरु गर्दै आएको र थप सक्रिय भएर लाग्न क्लबका अध्यक्षहरुलाई प्रोत्साहित गर्नुभयो। थापाले डिस्ट्रिकले ल्याएका कार्यक्रमहरु क्लब समक्ष पुर्‍याउने र क्लबका गतिविधिहरू डिस्ट्रिकमा पुर्‍याउने समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आए...
सात सयएक पालिकाको बजेट सार्वजनिक : काठमाण्डौसहित ५२ पालिकामा अन्योल

सात सयएक पालिकाको बजेट सार्वजनिक : काठमाण्डौसहित ५२ पालिकामा अन्योल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाण्डौ देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् । कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये एक सय ३० वटाले बजेट ल्याएका छन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । मधेशका एक सय ३६ पालिका मध्ये एक सय १२ वटाले मात्रै प्रविष्ट गरेका तथ्याङ्क छ । त्यस्तै बागमतीका एक सय १९ मध्ये एक सय १०, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका एक सय ९ मध्ये एक सय १, कर्णाली प्रदेशका ७९ मध्ये ७७ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ पालिकाले बजेट ल्याएका छन् । बजेट सभामा पेश गरेका कतिपय पालिकाले पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेको छ । यसैबीच काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपािलकासहितका केही पालिकाले हि...
आज छ वटा संसदीय समितिको बैठक बस्दै

आज छ वटा संसदीय समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं आज (बुधबार) छ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ । यसका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल गरिनेछ ।  आज राज्य व्यवस्था तथा सुशासन समितिको ७९औँ बैठक बिहान ११ बजे बस्दैछ । समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्ने भएको छ । दिनको १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीमा छलफल हुनेछ । आज ...
प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको  ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा ९तामाङ० नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । ...
कार्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट खिमलाल भट्टराई एमालेको उम्मेदवार

कार्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट खिमलाल भट्टराई एमालेको उम्मेदवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
आगामी कार्तिक महिनामा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । ०७९ को निर्वाचनमा भट्टराई रुपन्देही क्षेत्र नम्बर-५ बाट उम्मेदवार बन्ने योजना अनुसार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा गरेपनि त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो ।  असार ६ गते निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त दुईस्थानसहित १८ स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । त्यसक्रममा निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन आगामी कात्तिक दोस्रो देखि तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दि...
लायन्स क्लब अफ बुटवल सिद्धार्थको छैठौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल सिद्धार्थको छैठौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवल समाजसेवा र भातृत्वको उद्देश्यले स्थापित लायन्स क्लब बुटवल सिद्धार्थको छैठाैं पद हस्तान्तरण कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ। इस्वि सम्वस्त् २०१९ मा समाजसेवा गर्ने उद्देश्यले स्थापित क्लबमा पाँच जना अध्यक्षहरूले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका छन्। राजु भारी २०२५ /२६ का लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुनु भएको छ। कार्यक्रममा अध्यक्ष मोहनविक्रम प्याठले नवनियुक्त अध्यक्ष राजु भारीलाई पद हस्तान्तरण गर्नु भएको छ। २०१९ /२१ का लागि संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, २०२१/२२ का लागि भोजराज पोखरेल २०२२ /२३का लागि ओम बहादुर थापा ,२०२३/२४ का लागि नारायण कुँवर, २०२४/२५ का लागि मोहनविक्रम प्याठले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ। भने २०२५ /२६ का लागि राजु भारी अध्यक्षमा निर्वाचित हुनु भएकाे छ। प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पुरुषोत्तमभक्...
एसीसी यु १६ क्रिकेट : जापानमाथि ९ विकेटले नेपालको सहज जित

एसीसी यु १६ क्रिकेट : जापानमाथि ९ विकेटले नेपालको सहज जित

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो । जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १/१ विकेटको योगदान दिए ।  नेपालका लागि श्रीनिवास बजगाँईले ४२ बल खेल्दै सर्वाधिक ३८ रन बनाए भने प्रसिद्ध जैशीले ३७ बलको मद्दतमा ३३ रन जोड्न सफल भए । ओपरन जोय थापा ७ बलमा १ रन जोडेर आउट भएका थिए । आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो । ...
भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई ९ कार्यादेश

भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई ९ कार्यादेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको छ । ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । उनका अनुसार समितिले तत्कालिन र दीर्घकालिन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ । अध्यागमनमा रहेको समस्या पहिचानदेखि नीतिगत सुधारसम्मका काम गर्ने गरी छानबिन समितिलाई ९ वटा कार्यादेश दिइएको गृहमन्त्री लेखकले प्...