आज छ वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं

आज (बुधबार) छ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ । यसका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल गरिनेछ । 

आज राज्य व्यवस्था तथा सुशासन समितिको ७९औँ बैठक बिहान ११ बजे बस्दैछ । समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्ने भएको छ । दिनको १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीमा छलफल हुनेछ । आज दिनको १ बजे विधायन व्यवस्थापन समितिको ८३औँ बैठक बस्दैछ । बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल गरिनेछ ।  

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८२ औँ बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरुमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिनेछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवम् प्रतिवेदनको मस्यौदा उपर छलफल गरिने कार्यसूची रहेको छ । 

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...