सात सयएक पालिकाको बजेट सार्वजनिक : काठमाण्डौसहित ५२ पालिकामा अन्योल


काठमाण्डौ

देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् ।

कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये एक सय ३० वटाले बजेट ल्याएका छन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । मधेशका एक सय ३६ पालिका मध्ये एक सय १२ वटाले मात्रै प्रविष्ट गरेका तथ्याङ्क छ ।

त्यस्तै बागमतीका एक सय १९ मध्ये एक सय १०, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका एक सय ९ मध्ये एक सय १, कर्णाली प्रदेशका ७९ मध्ये ७७ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ पालिकाले बजेट ल्याएका छन् । बजेट सभामा पेश गरेका कतिपय पालिकाले पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेको छ ।

यसैबीच काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपािलकासहितका केही पालिकाले हिजो असार १० गते तोकिएको समयमा बजेट सभामा पेश गर्न सकेनन् ।

विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकाले बजेट ल्याएका छन् । तर सङ्घीय राजधानी रहेको काठमाण्डौ महानगरपालिकाले भने आन्तरिक विवादका कारण समयसीमाभित्र बजेट ल्याउन नसकेको हो ।

पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ–आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार हिजो धेरैजसो पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...