लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, जोन ३३ को चौथो मिटिङ तथा फेलोशिप सम्पन्न


बुटवल

देशका पाँच जिल्लामा सेवा दिइरहेको लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५P एरिया ४ जोन ३३ काे चौथो जोन मिटिङ तथा फेलोशीप कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५P एरिया ४ जोन ३३ का चियर पर्सन ओम थापाले संस्थाको कार्यप्रगति र आगामी योजनाका बारेमा प्रकाश पार्नुभयो।

थापाले शिक्षा ,स्वास्थ्य ,वातावरणलाई प्रमुख उद्देश्य बनाई काम गरिरहेको संस्थाले शैक्षिक सामग्री वितरण, आँखाको निःशुल्क उपचार ,क्यान्सरको जनचेतना र उपचारार्थ आर्थिक सहयोग, रक्तदान कार्यक्रम ,लागू औषध विरुद्ध जनचेतना, मधुमेहको निःशुल्क परीक्षण लगायतका कामहरु गर्दै आएको र थप सक्रिय भएर लाग्न क्लबका अध्यक्षहरुलाई प्रोत्साहित गर्नुभयो। थापाले डिस्ट्रिकले ल्याएका कार्यक्रमहरु क्लब समक्ष पुर्‍याउने र क्लबका गतिविधिहरू डिस्ट्रिकमा पुर्‍याउने समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आएको र यसलाई थप सशक्त बनाउने अवधारणा रहेको बताउनुभयो।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल सिद्धार्थका अध्यक्ष लायन मोहन विक्रम प्याथ, लायन्स क्लब अफ बुटवल तिनाउका अध्यक्ष लायन कृष्ण बहादुर पुन र लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष लायन सीताराम रसाइलीले क्लब र डिस्ट्रिक्ट बीच शसक्त समन्वयकारी भूमिका निर्वाह गर्ने जोन चियरपर्सन ओम बहादुर थापा अन्तर्गत रहेर काम गर्न पाएकोमा खुशी व्यक्त गरे। उनीहरूले डिस्ट्रिक्टले सञ्चालन गर्ने कार्यक्रमहरूलाई क्लबसम्म ल्याउने र क्लबका सामाजिक गतिविधिहरू डिस्ट्रिक्टसम्म पुर्‍याउने कार्य प्रभावकारी रूपमा अगाडि बढाएकोमा धन्यवाद ब्यक्त गरे ।

हाल डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रूपन्देही, पाल्पा, काठमाडौँ ,नवलपरासी ,कपिलवस्तु गरी पाँच जिल्लामा कार्यक्षेत्र रहेको र केन्द्र बुटवल रहेकोले बुटवलबाट सक्रियताको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो। बुटवलमा केन्द्रित जोन–३३ अन्तर्गत लायन्स क्लब बुटवल सिद्धार्थ, लायन्स क्लब बुटवल सिद्धबाबा र लायन्स क्लब बुटवल तिनाउ गरी तीन क्लब रहेका छन्।

थापाले कार्यक्रममा उत्कृष्ट सामाजिक कार्य गरेबापत क्लबका अध्यक्ष तथा सदस्यहरूलाई सम्मानपत्र वितरण गर्नुभयो।तीन क्लवमा करिव १सय सदस्य सङ्ख्या रहेको र भातृत्व साथै समाजसेवामा अग्रसर हुने व्यक्तिहरूलाई सहभागी बनाई सदस्यता विस्तार गर्ने उद्देश्य रहेको धारणा राख्नुभयो।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...