युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव


बुटवल

युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका दुई नेपाली युवा बुधबार बुटवलस्थित घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर ल्याएको हो ।

बुटवल उपमहानगरपालिका-१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै  घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको भन्दै युवाहरुले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने–जाने गर्दै आएको सुमनले सुनाए । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको उनको भनाइ छ ।

‘हामीलाई साह्रै अप्ठ्यारो पनि परेको थिएन । प्रत्यक्ष हमला पनि देखिएन । पछि ठूलो अप्ठ्यारो आइलाग्छ कि भनेर भारतीय एम्बेसीमार्फत् फर्किएका हौं,’ उनले भने, ‘तत्काल नफर्किने पनि सोचेका थियौं । तर सबैको सल्लाहमा आयौं ।’

सुमन गएको मार्चमा घर आएर इरान फर्किएका थिए । युद्धभूमिबाट घर फर्केका गणेशले पनि ठूलो समस्या भोग्न नपरेको बताए । त्यहाँको सरकारी क्याम्पमा काम गर्ने गणेशसँग पाल्पा र अर्घाखाँचीका युवा पनि सँगै काम गर्थे । ‘खासै चहलपहल नभए पनि क्यापिटल सिटी तेहरानमा पनि युद्धको त्रास थियो । हामी फर्किनेबेलासम्म जोखिम भइसकेको थिएन । बजार जाँदाआउँदा पनि हामीलाई कसैले अप्ठ्यारो पारेको थिएन । तर सबैको सल्लाहमा आएका हौं,’ गणेशले भने ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...