समाचार

आज साउने सङ्क्रान्ति मनाइँदै

आज साउने सङ्क्रान्ति मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौँ सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।  अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्। एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्...
रेसुङ्गामा आजदेखि साउने मेला सुरु

रेसुङ्गामा आजदेखि साउने मेला सुरु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र रेसुङ्गामा पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरू पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन् । यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरूले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । यस उक्त क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्गलगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत...
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुल सचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले गुरुकूल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्र स्रोत सुनिश्चित गराउन सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए । ...
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् । जसपा नेपालले एमालेरकांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो । ...
संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी

संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देही रूपन्देही विद्युतीय व्यवसायी सङ्घका संस्थापक अध्यक्ष अनन्तमान थैवको जन्मदिन विद्युतीय व्यवसायीहरूले उत्सवको रुपमा मनाएका छन्।वि. सं. २०६७ सालमा १५ वर्ष अगाडि विद्युतीय व्यवसायीहरूलाई एकताबद्ध गरेर सङ्घको स्थापना गरी सबै व्यवसायीहरूका समस्या समाधान, आर्थिक एवं सामाजिक वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उत्सवको दिन रहेको बताएका हुन्। बुधबार बुटवलमा आयाेजित कार्यक्रममा बोल्दै थैबले तत्कालीन समयमा अन्य सानो लगानीका व्यवसाय गर्नेहरूलाई साहुजी भन्ने प्रचलन तर विद्युतीय व्यवसायीहरूलाई लाखौं लगानी गर्दा पनि हेर्ने दृष्टिकोण संकीर्ण रहेको स्मरण गर्दै अहिले केन्द्र, प्रदेश, जिल्लासँगै नगर -नगरमा व्यवसायी एकताबद्ध भएकोमा गर्व लागेको बताए। ५७ वर्ष प्रवेश गरेका थैवले आफ्नो योगदानको सम्मान गर्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घले जन्मदिन विशेष बनाएकोमा धन्यवाद दि...
आज चारवटा संसदीय समितिका बैठक हुँदै

आज चारवटा संसदीय समितिका बैठक हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् ।  आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् । ...
यी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

यी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित...
भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना

भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
कोहलपुर सोमवार बिहान ७ बजे आसपास ईलाका प्रहरी कार्यालयमा फोनको घण्टी बज्छ। फोन गर्नेले सुचना दिन्छ हाम्रो होटलमा आईतवार सांझ आएर बास बसेकाहरुको गतिबिधी शंकास्पद छ, एकपटक चेक जांच गर्न आउनुहुन्छ की? सुचना पाए लगत्तै प्रहरी निरिक्षक रेशमलाल पौडेलको नेतृत्वको ७ जनाको प्रहरी टोली सुचना पाएको लोकेशनमा पुग्छ। पाएको सुचनाका आधारमा होटल कालिकोटेमा पुगेको प्रहरी टोलीले होटलको कोठा नं ७ मा बसेकाहरुको झोला र अन्य लगेजहरु खानतलासी गर्छ।  कोठामा बसेकाहरुलाई अलग अलग राखेर सोधपुछ गर्दै खान तलासी गरेको प्रहरीले उनीहरुको साथबाट १५ तोला सुनका गहना र झण्डै आठलाख रुपैया बरामद गर्छ। सुनका गहना र नगद लिएर कोठामा बसेकाहरुले त्यसको श्रोत खुलाउन नसकेपछि प्रहरी टोलीले कोठामा रहेका ६ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्याउछ।  प्रहरीले नियन्त्रणमा लिएकाहरु सबै कालिकोटका हुन्।  ...
पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बाँके बाँकेको कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई पत्रकारका रूपमा चिनाउने मनबहादुर सहकारी र रुकुम बाँफेकोट नगरपालिका–१० की सपना पुन छन् । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ । साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्...