समाचार

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः देउवा

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गरे। उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए। व्यापारी, उद्योगीहरू मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे। उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ। व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो। यति गाली पाउन...
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युत्को उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युत्को उद्घाटन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
कैलाली प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन ।प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन । कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो । सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि हुनेछ । प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण ...
पर्रोहा बोलबमधामः पवित्र शिवक्षेत्र

पर्रोहा बोलबमधामः पवित्र शिवक्षेत्र

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही  हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा चिनिने पर्रोहा बोलबमधाम पशुपतिनाथ पछिको पवित्र शिवक्षेत्रका रूपमा स्थापित हुँदै गएको छ। ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको यो स्थल लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सैनामैना नगरपालिका–६, पर्रोहा गाउँमा अवस्थित छ। स्वयंउत्पत्ति शिवज्योतिर्लिङ्ग रहेको यस धामलाई पश्चिमको पशुपतिनाथ भनेर समेत चिनिन्छ। धार्मिक मान्यतानुसार, पहेंलो वा गेरुवा वस्त्रमा काँवर बोकेर खालीखुट्टा पैदल यात्रा गरी पवित्र गंगाजल शिवलिङ्गमा अर्पण गर्दा पुण्य प्राप्त हुने विश्वास छ। धार्मिक यात्रुहरूको भीडविसं २०५० देखि जलार्पण कार्यक्रम सुरु गरिएको यो स्थल विशेषगरी साउन महिनामा नेपाल–भारतका विभिन्न पवित्र नदीहरूबाट जल ल्याई शिवलिङ्गमा अर्पण गर्न लाखौं भक्तजनहरू आउने गर्छन्। नागपञ्चमी, महाशिवरात्रि र तीजमा पनि विशे...
विश्व बाघ दिवस : घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धिमा विज्ञको जोड

विश्व बाघ दिवस : घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धिमा विज्ञको जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।  उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ । नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हु...
आज नाग पञ्चमी पर्व मनाईदै, यस्तो छ धार्मिक मान्यता

आज नाग पञ्चमी पर्व मनाईदै, यस्तो छ धार्मिक मान्यता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै...
विश्वबैंकले बढायो नेपाललाई दिने ऋणको ब्याजदर

विश्वबैंकले बढायो नेपाललाई दिने ऋणको ब्याजदर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौँ विश्वबैंकले यहीँजुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएकाहुन् । उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई बढाएर १.५ प्रतिशत पुर्याएको छ । उनले भने, ‘वल्र्ड बैंकले गएको यहीँ जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ । त्यो चाहिँ हामीले ४० वर्ष भित्र तिर्ने गरि लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै दुई खालको थियो । अब ३० वर्षमा बनाइएको छ ।’ नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्व...
बेपत्ता एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखियो

बेपत्ता एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरबाट बिहीबारदेखि सम्पर्कविहीन भएका एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले भने, “शुक्रबार राति १० बजेर ९ मिनेटसम्म लोकेसन रामेछापमा देखियो तर त्यसपछि मोबाइल नेटवर्क बन्द भएको छ र सीम समेत चलेको छैन।” बेपत्ता परिवारको घरमा बस्तुभाउहरू राखिएका छन्। गाउँलेहरूले बिहीबारदेखि उनीहरूलाई देखेका छैनन् । हायु थरका यी परिवारलाई स्थानीय सरकारले लोपउन्मुख जातिको रूपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ भत्ता लिएका थिए। घर एकान्त स्थानमा रहेको र सुँगुर काटेर खाएको पनि भेटिएको छ। वडा अध्यक्ष रविन श्रेष्ठले बताए अनुसार, घरबाट अर्को घर पुग्न कम्तिमा १५ मिनेट लाग्छ। उनीहरूले भैँसी गाउँ...
गुल्मीमा चितुवा आतङ्क बढ्दै

गुल्मीमा चितुवा आतङ्क बढ्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
गुल्मी गुल्मीमा आजभोलि चितुवाको आतङ्क बढ्दै गएको छ । चितुवाको आतङ्क बढेसँगै धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आइतबार चितुवाले चार वटा बाख्रा मारिदिएको छ । धुर्कोट जैसिथोक निवासी गोपे स्थित तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार वटा बाख्रा जङ्गलमा चर्दै गरेको अबस्थामा चितुवाले मारिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् । आइतबार दिउँसो देउराली सामुदायिक वनको जङ्गलमा बाख्रा चर्दै गरेको अबस्थामा चितुवाले आक्रमण गरी मारेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समयमा वस्तीहरूमा चितुवाको आतंङ्क बढ्न थालेको छ । सदरमुकाम तम्घास स्थित उपल्लो तम्घासमा पनि केहीदिन अघि चितुवा दौडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयहरू त्रसित बनेका छन् । मानिसहरू चितुवाको त्रासका कारण बिहान बेलुका हिड्डुल गर्न समेत छोडेका छन् ...
लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे

लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डे प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका हुन् । उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने बताइएको छ । मन्त्री नियुक्त गरिएको सूचना इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई पठाइएको प्रदेश मन्त्रिपरिषदका एक मन्त्रीले बताए ।  बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका उनी प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गर्दै लाेसपा का अन्य २ सासंद सहित ३ जना प्रतिपक्षको बेन्चमा बस्न पुगेका थिए । तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता समेत हुन् ।मन्त्रिमण्डल सानो बनाउने घोषणा गरेका मुख्यमन्...
अमेरिकी सरकारले गर्‍यो नेपालमा एमसीसीलाई निरन्तरता दिने निर्णय

अमेरिकी सरकारले गर्‍यो नेपालमा एमसीसीलाई निरन्तरता दिने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौँ अमेरिकी सरकारले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ ९एमसीसी० को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ ।अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन जानकारी नेपाल सरकारलाई जानकारी गएको अर्थ मन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको बताए । उनले अमेरिकी सरकारले एमसीसीलाई निरन्तरता दिने गरेको निर्णयबारे नेपाल सरकारलाई जानकारी आएको बताए ।  उनले भने,‘ मन्त्रालयलाई एमसीसी नेपालमा निरन्तरता दिने भन्ने विषयमा जानकारी आएको छ ।त्यो विषयमा चाँडै मन्त्रालयले जानकारी गराउँछ ।’ अमेरिकामा रहेको एमसीसी मुख्यालयले गत शुक्रबार एक विज्ञप्ति जारी गरी एमसीसीको पोर...