बेपत्ता एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखियो


काठमाडौँ

सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरबाट बिहीबारदेखि सम्पर्कविहीन भएका एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले भने, “शुक्रबार राति १० बजेर ९ मिनेटसम्म लोकेसन रामेछापमा देखियो तर त्यसपछि मोबाइल नेटवर्क बन्द भएको छ र सीम समेत चलेको छैन।”

बेपत्ता परिवारको घरमा बस्तुभाउहरू राखिएका छन्। गाउँलेहरूले बिहीबारदेखि उनीहरूलाई देखेका छैनन् ।

हायु थरका यी परिवारलाई स्थानीय सरकारले लोपउन्मुख जातिको रूपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ भत्ता लिएका थिए।

घर एकान्त स्थानमा रहेको र सुँगुर काटेर खाएको पनि भेटिएको छ। वडा अध्यक्ष रविन श्रेष्ठले बताए अनुसार, घरबाट अर्को घर पुग्न कम्तिमा १५ मिनेट लाग्छ। उनीहरूले भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए र हरेक दिन घाँस पानी गर्न लैजान्थे।

तर, बिहीबारदेखि भैँसीलाई घाँस हाल्न नगएपछि गाउँलेहरूले सोमबार बिहान घर पुगेर ढोका खुला तर मानिस नदेखिएको देखेपछि खोजी सुरु गरेका छन्।

बेपत्ता भएका परिवारमा उर्मिला हायु, उनका ६ छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...