समाचार

माओवादी केन्द्र स्थायी कमिटी बैठक : अध्यक्ष प्रचण्डले जबाफ दिने

माओवादी केन्द्र स्थायी कमिटी बैठक : अध्यक्ष प्रचण्डले जबाफ दिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबाफ दिनेछन्। शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र एजेन्डाहरूमाथि शनिबारदेखि सदस्यहरूले आफ्नो धारणा राखेका थिए। त्यसमा अध्यक्ष प्रचण्डले आज जबाफ दिने प्रवक्ता सापकोटाले बताए। त्यसपछि निर्णय गरी आजै बैठक समापन हुनेछ। बैठकले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय गर्नेछ। ...
अविरल वर्षाका कारण गुल्मीमा दुई मुख्य सडक पूर्णरूपमा अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीमा दुई मुख्य सडक पूर्णरूपमा अवरुद्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
गुल्मी गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीका दुई प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक खण्डमा सवारी आवागमन ठप्प बनेको हो। कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे भन्ने स्थानमा सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा दिउँसोदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पहिरोका कारण बुटवल, पाल्पा, र गुल्मी हुँदै बागलुङ जोड्ने यो महत्वपूर्ण सडक खण्ड प्रभावित भएको छ। यस्तै, जिल्लाको अर्को मुख्य सडक रिडी–वामीटक्सार खण्ड पनि बन्द भएको छ। सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आ...
यी प्रदेशमा भारी बर्षाको सम्भावना

यी प्रदेशमा भारी बर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । त्यो भनेको पानी पार्ने प्रणाल नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (सोमबार) बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अन्य प्रदेशका पनि तराईका भूभागमा पानी परिरहेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । साथै सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम व...
बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप

बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवल नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो । थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ । सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले थपिएको अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने आयोजनाले सामाजिक सञ्जाल मार्फत दाबी गरेको छ । नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना इस्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसैँअगाडि दाउन्नेको बाटो पनि कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन किलो...
एमाले उपमहासचिव एव’ पूर्व मन्त्री ज्ञवाली पत्निको कृति सार्वजनिक

एमाले उपमहासचिव एव’ पूर्व मन्त्री ज्ञवाली पत्निको कृति सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौ नेकपा एमालेका उपमहासचिव एबं पूर्व मन्त्री प्रदीप ज्ञवालीकी पत्नि सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धर्ती’ शनिबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिकीकरण गरिएको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई कृतिमा अभिव्यक्त गरेकी छन् । कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाहरूको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताएकी छन्  । कृतिको समीक्षा गर्दै समालोचक डा. विन्दु शर्माले अपाङ्गता भएको छोरीको हेरचाहमा रमाउँदा सरस्वती ज्ञवालीले अनुभूत गरेको अनुभूतिजन्य लेखनले आम पाठकलाई समेत भावुक बनाएको बताए। समारोहमा लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरी हेरचाह गरेर भात भान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई ल...
कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले–२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीन–चार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले भने, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ । बोर्डले यस वर्ष वैशाख ११ देखिदे खकक्षा १२ को परीक्षा सञ्चा...
कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा,विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा,विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
गुल्मीलगातारको वर्षाका कारण कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा पुगेको छ ।मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण कालीगण्डकी नदीको जल सतह बढेको हो । आज बिहान नदीकाे सतह यस वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीका गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । आज बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको उनले बताए । उनका अनुसार यो यस वर्षकै सबैभन्दा बढी हो ।यसअघि आज बिहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उनले बताए । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।नदिमा जल सतह बढेसँगै पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित...
टोपबहादुर रायमाझी विरुद्धको मुद्धाको पेसी आज

टोपबहादुर रायमाझी विरुद्धको मुद्धाको पेसी आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पेसी तोकिएको छ ।  दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जाहेरीवाला र साक्षीको बयान सकिएपछि आजका लागि काठमाडौँ अदालतमा पेसी तोकिएको छ ।   पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीको रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले विसं २०८० असार १ गतेको फैसलाबाट र...
यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पतालमा एक्सरे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।  अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी महिलालाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  ...
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी

एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन । उनले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरताबादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गरे । गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलगत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताए । एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गरे। यस्तै लोकतान्...