बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप


बुटवल

नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो ।

थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ । सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले थपिएको अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने आयोजनाले सामाजिक सञ्जाल मार्फत दाबी गरेको छ ।

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना इस्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसैँअगाडि दाउन्नेको बाटो पनि कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तीनपटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले काममा तदारुकता नदेखाउँदा अहिलेसम्म पनि आयोजना अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले १८ महिना समय थप गर्न माग गरेपनि उक्त सडक निर्माणको प्रगति सुपरिवेक्षण गर्ने आयोजना निर्देशनालयले भने एक वर्षको मात्र म्याद थप गरेको हो ।

कुल ११४।५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक अधिकांस स्थानमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष यात्रा सहज भइसकेको आयोजनाले दाबी गरेको छ । कुल ११४।५३ किलोमिटर लामो सडकमध्ये एकतर्फी एक सय किलोमिटर कालोपत्रे भएको छ भने दुवैतर्फ ८० किलोमिटर कालोपत्रे सकिएको छ ।

स्तरोन्नतिअन्तर्गतको मुख्य कामअन्तर्गत ११३ किलोमिटर सडकमा ६४ वटा पुल, चार सय ७४ वटा कल्भर्ट, १ सय ६।१७ किलोमिटर नाली निर्माण हुनेछ । त्यस्तै, ७० किलोमिटर ४ लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति हुनेछ ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...