बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप


बुटवल

नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो ।

थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ । सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले थपिएको अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने आयोजनाले सामाजिक सञ्जाल मार्फत दाबी गरेको छ ।

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना इस्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसैँअगाडि दाउन्नेको बाटो पनि कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तीनपटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले काममा तदारुकता नदेखाउँदा अहिलेसम्म पनि आयोजना अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले १८ महिना समय थप गर्न माग गरेपनि उक्त सडक निर्माणको प्रगति सुपरिवेक्षण गर्ने आयोजना निर्देशनालयले भने एक वर्षको मात्र म्याद थप गरेको हो ।

कुल ११४।५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक अधिकांस स्थानमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष यात्रा सहज भइसकेको आयोजनाले दाबी गरेको छ । कुल ११४।५३ किलोमिटर लामो सडकमध्ये एकतर्फी एक सय किलोमिटर कालोपत्रे भएको छ भने दुवैतर्फ ८० किलोमिटर कालोपत्रे सकिएको छ ।

स्तरोन्नतिअन्तर्गतको मुख्य कामअन्तर्गत ११३ किलोमिटर सडकमा ६४ वटा पुल, चार सय ७४ वटा कल्भर्ट, १ सय ६।१७ किलोमिटर नाली निर्माण हुनेछ । त्यस्तै, ७० किलोमिटर ४ लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति हुनेछ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...