एमाले उपमहासचिव एव’ पूर्व मन्त्री ज्ञवाली पत्निको कृति सार्वजनिक


काठमाडौ

नेकपा एमालेका उपमहासचिव एबं पूर्व मन्त्री प्रदीप ज्ञवालीकी पत्नि सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धर्ती’ शनिबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिकीकरण गरिएको छ ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई कृतिमा अभिव्यक्त गरेकी छन् ।

कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाहरूको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताएकी छन्  ।

कृतिको समीक्षा गर्दै समालोचक डा. विन्दु शर्माले अपाङ्गता भएको छोरीको हेरचाहमा रमाउँदा सरस्वती ज्ञवालीले अनुभूत गरेको अनुभूतिजन्य लेखनले आम पाठकलाई समेत भावुक बनाएको बताए।

समारोहमा लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरी हेरचाह गरेर भात भान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताइन् ।

नेकपा एमालेका उपमहासचिव एवम् पूर्व मन्त्री प्रदीप ज्ञवाली पत्नी लेखक ज्ञवालीका यसअघि कविता र संस्मरणका दुई कृति प्रकाशित छन् ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...