एमाले उपमहासचिव एव’ पूर्व मन्त्री ज्ञवाली पत्निको कृति सार्वजनिक


काठमाडौ

नेकपा एमालेका उपमहासचिव एबं पूर्व मन्त्री प्रदीप ज्ञवालीकी पत्नि सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धर्ती’ शनिबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिकीकरण गरिएको छ ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई कृतिमा अभिव्यक्त गरेकी छन् ।

कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाहरूको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताएकी छन्  ।

कृतिको समीक्षा गर्दै समालोचक डा. विन्दु शर्माले अपाङ्गता भएको छोरीको हेरचाहमा रमाउँदा सरस्वती ज्ञवालीले अनुभूत गरेको अनुभूतिजन्य लेखनले आम पाठकलाई समेत भावुक बनाएको बताए।

समारोहमा लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरी हेरचाह गरेर भात भान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताइन् ।

नेकपा एमालेका उपमहासचिव एवम् पूर्व मन्त्री प्रदीप ज्ञवाली पत्नी लेखक ज्ञवालीका यसअघि कविता र संस्मरणका दुई कृति प्रकाशित छन् ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...