कक्षा १२ को नतिजा सार्वजनिकको तयारी


काठमाडौं

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले–२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीन–चार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले भने, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष वैशाख ११ देखिदे खकक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो । तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो । कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...