कक्षा १२ को नतिजा सार्वजनिकको तयारी


काठमाडौं

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले–२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीन–चार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले भने, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष वैशाख ११ देखिदे खकक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो । तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो । कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...