एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी


बुटवल
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए ।

लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन । उनले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरताबादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गरे ।

गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलगत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताए । एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गरे।

यस्तै लोकतान्त्रिक आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ सेर्पाले आदिबासी जनजातीहरुको अधिकार स्थापित गर्नका लागि एमालेले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, लोकतान्त्रिक आदिबासी महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, सचिव हिरु राना लगायतले बोल्दै संठनलाई थप सदृढ बनाउँदै पार्टीको मार्गनिर्देशन अनुसार गतिशिल रहने आग्रह गरे।

संगठनका रुपन्देही अध्यक्ष पदम थापाका अनुसार आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न हुनेछ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...