एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी


बुटवल
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए ।

लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन । उनले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरताबादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गरे ।

गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलगत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताए । एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गरे।

यस्तै लोकतान्त्रिक आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ सेर्पाले आदिबासी जनजातीहरुको अधिकार स्थापित गर्नका लागि एमालेले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, लोकतान्त्रिक आदिबासी महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, सचिव हिरु राना लगायतले बोल्दै संठनलाई थप सदृढ बनाउँदै पार्टीको मार्गनिर्देशन अनुसार गतिशिल रहने आग्रह गरे।

संगठनका रुपन्देही अध्यक्ष पदम थापाका अनुसार आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न हुनेछ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...