समाचार

अरब सागरबाट जलवाष्पयुक्त हावा, केही भुभागमा भारी वर्षाको सम्भावना

अरब सागरबाट जलवाष्पयुक्त हावा, केही भुभागमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ । हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ, भने बाँकी भू-भागहरूमा आंशिक बदली देखिएको छ ।कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमानअनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश...
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। ...
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बीच ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयमा दुई पक्षबीचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ। साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनु पर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्नेलगायत ४ बुँदे सहमति भएको हो ।सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सो अवधि सम्म साविक बमोज...
प्रचण्डले गरे बुटवलमा माओवादी नेता टंकमणिको सालिक अनावरण

प्रचण्डले गरे बुटवलमा माओवादी नेता टंकमणिको सालिक अनावरण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवलसडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रहेका रामप्रसाद बन्जाडे (टंकमणि) को सालिक अनावरण गरिएको छ। माओवादीलेको सशस्त्र विद्रोहमा भुमिगत भएर सुरु देखि नै काम गरेका बन्जाडेको २०७८ साल मङ्सिर ८ गतेय बुटवलमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो। उनै बन्जाडेको स्मरणमा माओवादी केन्द्रले बुटवल मजुवामा सालिक निर्माण गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईतवार बिहान सालिक अनावरण गरेका हुन्। अध्यक्ष प्रचण्डले उनको सालिक अनावरण सँगै ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको समेत विमोचन गरेका छन्। ...
रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देही गुल्मीको रुरुक्षेत्र गाउँपालिका नेकपा एमाले गाउँ कमिटीले पालिकामा चलिरहेको विद्यालयमा जडान गरिने स्मार्टवाेर्ड खरिद प्रकरणमा अनियमितता गर्न खाेजेकाेले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी नलिंदा सम्म आन्दाेलन चलिरहने वताएका छन्।नेकपा एमाले रुरु -रूपन्देही सम्पर्क मञ्चको आयोजनामा शनिबार बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली कामभन्दा सस्तो प्रचारबाजी र आर्थिक अनियमितता सँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको सहभागितामा यस्ता कार्यहरु गरेको बताएका हुन्। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर १का क्षेत्रीय समन्वय कमिटी संयोजक तथा सोही पालिका सामाजिक विकास समिति संयोजक शेष नारायण पौडेलले पालिकाका केही विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्दा प्रक्रिया मिचेर अनियमि...
आज गौरा पर्व मनाइदै: यस्तो छ महत्व

आज गौरा पर्व मनाइदै: यस्तो छ महत्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाइदैछ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मानिने गरको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको मान्यता रहदै आएको छ । गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने भनाइ पनि रही ...
रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश: उपाध्यक्ष पौडेलले गरे स्वागत

रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश: उपाध्यक्ष पौडेलले गरे स्वागत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रूपन्देही रूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्वगाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानियाँ आफ्ना समर्थकहरूसहित शनिबार एमालेमा प्रवेश गरेको एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए।  शुक्ला रूपन्देहीको दक्षिण मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् भने बानियाँ मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। शुक्ला र बानियाँ दुबै जनाले आफ्नो पालिकामा मात्र नभई छिमेकी पालिकामा समेत आफ्नो प्रभाव जमाउने गरेका थिए। रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा आगामी काात्तिक १७ गते उपनिर्वाचनको तयारी गरिरहँदा सोही क्षेत्रसँग जोडिएको क्षेत्र नं. ४ का दुई राजनीतिक खेलाडी सहितका कार्यकर्तालाई एमालेले प्रवेश...
ओली-जीङपीङ भेटवार्ता: लिपुलेकलाई व्यापारिक मार्ग बनाउने समझदारीमा नेपालको आपत्ति

ओली-जीङपीङ भेटवार्ता: लिपुलेकलाई व्यापारिक मार्ग बनाउने समझदारीमा नेपालको आपत्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौं   प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक बारे चिनियाँ राष्ट्रपति सी जीङपीङसँग स्पष्ट कुरा राखेका छन् । शनिबार चीनको थियानजिनको अतिथि गृहमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति सी जीनपीडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्प...
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
देउखुरी लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए । पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया ९मेजर अपरेशन० गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् । लुम्विनी प्रदेश सभा ८७ सदस्यीय छ । ...
शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको सुख्खानगरमा रहेको शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।शनिबार रूपन्देहीको योगीकुटीमा सम्पन्न साधारण सभामा बोल्दै सहकारीका पदाधिकारीहरूले शुभ मिलन हरेक हिसाबले उत्कृष्ट सहकारी रहेको धारणा राखेका छन्। वक्ताहरुले ऋण ,लगानी ,बचत जस्ता सूचकांक हिसाबले शुभ मिलन उत्कृष्ट रहेको बताएका हुन्। सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ७६ वर्षीय संस्थापक तथा जेष्ठ सदस्य सुरेन्द्र श्रेष्ठले स्थापनाकालदेखि ऋण ,बचत तथा लगानीमा अत्यन्तै राम्रो गरी व्यवस्थापन गरेकोले शुभ मिलन राम्रो रहेको मा गर्भ लागेकाे वताउंदै ,आगामी समयमा पनि राम्रो होस् भन्ने चाहना राखेको धारणा राखेका थिए।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले शेयर पुंजि ६८ लाख १० हजार ,कुल बचत २ करोड ३...