रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी


रूपन्देही

गुल्मीको रुरुक्षेत्र गाउँपालिका नेकपा एमाले गाउँ कमिटीले पालिकामा चलिरहेको विद्यालयमा जडान गरिने स्मार्टवाेर्ड खरिद प्रकरणमा अनियमितता गर्न खाेजेकाेले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी नलिंदा सम्म आन्दाेलन चलिरहने वताएका छन्।
नेकपा एमाले रुरु -रूपन्देही सम्पर्क मञ्चको आयोजनामा शनिबार बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली कामभन्दा सस्तो प्रचारबाजी र आर्थिक अनियमितता सँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको सहभागितामा यस्ता कार्यहरु गरेको बताएका हुन्।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर १का क्षेत्रीय समन्वय कमिटी संयोजक तथा सोही पालिका सामाजिक विकास समिति संयोजक शेष नारायण पौडेलले पालिकाका केही विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्दा प्रक्रिया मिचेर अनियमितता गर्न खोजेको जानकारी पाएर दोषीलाई कारबाहीको माग गर्दै दुई महिना देखि आवाज उठाउँदै आएको बताएका हुन्।
पौडेलले २०८१ चैत्र २५ गते ,२५ लाख प्रदेश सरकारबाट र १० लाख गाउँपालिकाबाट गरि ३५ लाखमा पालिकाका ७ वटा माध्यमिक विद्यालयहरूलाई दुई दुईवटा स्मार्टबोर्ड खरिद गर्नका लागि निर्णय गर्यो। र खरिद गर्ने प्रक्रियामा सम्बन्धित विद्यालयहरूलाई अख्तियारी दिने र रकम बमोजिम विद्यालयले आफूले सूचना जारी गरी प्रतिस्पर्धाका आधारमा राम्रो र उचित मूल्यमा स्मार्ट बोर्ड खरिद गर्ने भन्ने निर्णय गर्यो।

चैतमा गरेको उक्त निर्णय वैशाख र जेष्ठमा गुपचुप रह्यो। असार ३ गते ७ वटै विद्यालयमा स्मार्ट बोर्डहरू लगेर जडान गर्न लगाइयो। विद्यालयहरूले पालिकाको आदेश ठानेर विद्यालयमा जडान गरी प्रयोग गर्न थाले। असार ९ गते हाइस्पिड कम्प्युटर नामक फर्मका सञ्चालक कृष्ण खनालले नक्कली विद्यालयको लेटर प्याड र नक्कली स्ट्याम्प प्याड प्रयोग गरी प्रधानाध्यापकहरूलाई हस्ताक्षर गर्न भनी विद्यालयहरूमा आए। त्यसपछि विद्यालयका प्रधानाध्यापकहरूले आश्चर्यमा परि असहमति जनाए।

विद्यालयहरूले पालिकासँग जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफूहरुलाई जानकारी नभएको बताए र उक्त व्यवसायीले पनि पालिका अध्यक्ष र अधिकृतले नभनेको आफैले जडान गरेको बताए ।
त्यसपछि पालिका उपाध्यक्ष लगायतका जनप्रतिनिधिले अध्ययन गर्दा नक्कली कागजातहरू बनाएको र बनाएको दररेटका कागजातहरु अध्ययन गर्दा १० लाख अनियमितता गर्न खोजेको देखिएपछि आफूहरू ससंकित बनेको बताए।

त्यसपछि पालिका उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरूले पहिलाको सबै खारेज गरी विद्यालयहरूलाईनै असार ११ गते को मिति राखेर एक हप्ते सूचना जारी गरी प्रक्रियागत ढङ्गले अगाडि बढ्ने भन्ने निर्णय गरे।

प्रमुख प्रशासकीय अधिकृतले प्रधानाध्यापकहरूको उक्त कुरामा सहमति नजनाएको जानकारी पाए।
असार १७ गते गाउँपालिकाबासी एक नागरिकले सामाजिक सञ्जालमा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गर्न खोजेको भन्ने विवरण सार्वजनिक गरे ।
सार्वजनिक गर्ने उक्त व्यक्तिलाई पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मानहानीको निवेदन पेश गरेको जानकारी प्राप्त भयो।
तत्पश्चात आफूले प्रक्रियागत रुपबाट खरिद गरी जडान गर्ने निर्णय गरेको तर अध्यक्ष र प्रमुख प्रशासिक अधिकृतले अवरोध गरेको जानकारी पाइसकेपछि अनियमितता गर्न खोजेको भन्ने मा आफूहरू पुगेको र चरणबद्ध सुशासनका पक्षमा आवाज उठाउँदै आएको बताए।

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी अध्यक्ष फर्शुराम ज्ञवाली ,जिल्ला कमिटी सचिवालय सदस्य एवं गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम,सम्पर्क मञ्चका संस्थापक अध्यक्ष तथा जिल्ला कमिटी सदस्य हेम थापा, सम्पर्क मञ्चका अध्यक्ष षडानन्द पाेख्रेल ,रुरु क्षेत्र गाउँपालिकाका वडाध्यक्षहरु मोतिप्रसाद श्रेष्ठ,घनश्याम अर्याल ,नवराज बिक ,नेकपा एमाले रुरुक्षेत्र वार्ड नं ५ का अध्यक्ष बिमल ज्ञवाली लगायतले बोल्दै पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनियमितता र पपुलिजम छाडेर उक्त प्रकरणमा नैतिक जिम्मेवारी लिएमा मात्र आन्दोलन रोकिने धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...