रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश: उपाध्यक्ष पौडेलले गरे स्वागत


रूपन्देही

रूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्वगाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानियाँ आफ्ना समर्थकहरूसहित शनिबार एमालेमा प्रवेश गरेको एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए। 

शुक्ला रूपन्देहीको दक्षिण मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् भने बानियाँ मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। शुक्ला र बानियाँ दुबै जनाले आफ्नो पालिकामा मात्र नभई छिमेकी पालिकामा समेत आफ्नो प्रभाव जमाउने गरेका थिए।

रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा आगामी काात्तिक १७ गते उपनिर्वाचनको तयारी गरिरहँदा सोही क्षेत्रसँग जोडिएको क्षेत्र नं. ४ का दुई राजनीतिक खेलाडी सहितका कार्यकर्तालाई एमालेले प्रवेश गराएको हो।

उनीहरूलाई एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले टीका लगाएर एमालेमा स्वागत गरेका हुन्। 

सम्मरीमाई ६ असुरैना निवासी शुक्ला गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरमबाट ०७४ मा पालिका अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि कांग्रेस अनि एमाले हुँदै ०७९ मा माओवादीमा प्रवेश गरेर स्थानीय तहमा उम्मेदार बनेर पराजित भएका थिए।

माओवादीबाट पराजित भएपछि उनी त्यही वर्ष जनमत पार्टीमा प्रवेश गरेर प्रदेश सभाको उम्मेदार बनेका थिए। त्यहाँ पनि उनी पराजित भएपछि अहिले पुनः एमाले रोजेका हुन्। 

एमाले प्रवेश गरेका बानियाँले २०७४ सालमा उपेन्द्र यादव समूहको मधेसी जनअधिकार फोरमबाट मर्चवारी गाउँपालिकाको अध्यक्ष जितेका थिए। २०७९ सालमा लोसपाबाट गाउँपालिका अध्यक्षमै पुनः उम्मेदवार बनेका उनी त्यतिबेला भने पराजित भए। 

समरीमाई ६ असुरैना निवासी शुक्ला र मर्चवारी ३, रायपुर निवासी बानियाँ सो क्षेत्रका राजनीतिक खेलाडी मानिन्छन्। विगतदेखि नै स्थानीयहरूको समूह उनीहरू जुन पार्टीमा प्रवेश गर्छन् उनीहरूको पछिपछि उतै लाग्दै आएका छन्।

अहिले शुक्ला र बानियाँ एमाले प्रवेश गरेपछि उनीहरूका समर्थक पनि एमाले प्रवेश गरेका हुन्। 

शुक्ला र बानियाँ सहितका व्यक्तिहरूलाई एमालेमा स्वागत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सिंगो मर्चवार क्षेत्र एमालेमय बनेको दाबी गरे।

पौडेलले अहिलेसम्म मर्चवारबाट नेतृत्व गरेका जनप्रतिनिधि र उनीहरूको पार्टी विकासको लागि नेतृत्व गर्न सक्षम नहुँदा मर्चवार पछाडि परेको बताए।

‘मर्चवारले पटक पटक मन्त्री पायो तर, उहाँहरूले न त यहाँको विकास गर्न सक्नुभयो न त उहाँहरूको पार्टीले कहिल्यै देशको विकासको नेतृत्व गर्न सक्यो। देशको विकास एमालेबाटै सम्भव हुने भएकोले मर्चवारको विकासको जिम्मा अब एमालेले लिन्छ,’ उनले भने।

शुक्ला र बानियाँको प्रवेशले दक्षिण क्षेत्रमा केही कमजोर मानिएको एमालेको संगठन बलियो बन्ने एमाले नेताहरूले दाबी गरेका छन्।

पार्टी प्रवेशपछि बोल्दै शुक्ला र बानियाँले पछिल्लो समय मर्चवारमा सडक, शिक्षा, स्वास्थ्य लगायतका जति पनि विकासका काम भएका छन् एमालेकै पहलमा भएको भन्दै एमालेबाट मर्चवारको समृद्धि सम्भव देखिएकोले एमालेमा लागेको बताए।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...