समाचार

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइयो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकेको थिएन। लुइँटेलका ...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् ।पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो । ...
आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।साउन ०९ गते वीरगञ्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गर्दै चिकित्सक हरूले एक दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ ।जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्यज्यु र संघको नार...
आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघ...
सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घ'टनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आ...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । २०८३ असार ३० गतेको मन्त्रिपरिषद्को बैठकले संसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी निर्णय गरेको थियो । साउन ४ गते प्रकाशित नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचना बदर माग गर्दै अधिवक्ता प्रेमराज सिलवालले गत शुक्रबार रिट निवेदन दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको नाममा सोमबार कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चले लिखित जवाफसहित अन्तरिम आदेशबारे हुने छलफलमा उपस्थित हुन सरकारलाई भनेको छ । ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।सोमबार बिहान कप्तानगन्जको अवस्था सामान्य छ । थप दुर्घटना हुननदिन स्थानीय प्रशासन...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको स्वीकार गर्दै उनले विगतका कमजोरी सल्टाउन वैचारिक पुनर्गठन आवश्यक रहेको बताए। विगतमा नेतृत्वको कमजोरी ढाकछोप गर्दै आएका महासचिव पोखरेलले अहिले भने आन्तरिक कमजोरी भएकै कारण पार्टी जीवनमा ठूलो पराजय भोग्नु परेको बताएका हुन्। आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नेता/कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन्। ‘हाम्रै कमजोरीले पार्टी अहिलेको अवस्थामा आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने बेलैमा सल्टाउन सकिएन,’ उनले भने। उनले आफ्ना कमजोरी स्वीकार नगरेर पार्टीलाई सुधार गर्न नसकिने भन्दै आन्तरिक कमजोरीकै कारण पार्टी जीवनमा सबैभन्दा ठूलो...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।त्रिविको व्यवस्थापन संकाय डीन कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको हो । डीन कार्यालयले जारी गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएको र यसले परीक्षाको मर्यादा तथा विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । गत साउन ८ गते सञ्चालन भएको एमजीटी विषयको परीक्षाका क्रममा प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको थियो । ...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन्। दलको तर्फबाट भने भोलि सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाउने तयारी रहेको कांगेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा प्राप्त भएसकेकाले सोमबार मुख्...