कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव,अभिभावक दिवस तथा खेल सप्ताह शुरु
बुटवल
देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कार्यक्रमको शुभारम्भ गरेका हुन ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पियाले खेलकुदले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई राष्ट्रियकरण समेत गर्न सक्ने धाराण राखेका थिए । उनले विद्यालय स्तरबाट खेलकुद जन्य गतिविधीलाई बढावा दिनु आफैमा राम्रो कार्यको सुरुवात भएको समेत बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याखलयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे सहित कक्षा ११ र ...







