एमालेको सचिवालय बैठक आज बस्दै
बुटवल
नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे बस्नेगरि बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेका छन्।
एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ।
भदौ २०-२२ सम्म ललितपुरमा भएको दोस्रो विधान महाविधेशनले १९ जनाको पदाधिकारी घटाएर १५ जनामा सिमित गरेको थियो। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समिति समेत ३०१ बाट घटाएर २५१ मा झार्ने निर्णय गरेको थियो।
अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्।
यता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संश...








