एमालेको सचिवालय बैठक आज बस्दै


बुटवल

नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे बस्नेगरि बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेका छन्।

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ।

भदौ २०-२२ सम्म ललितपुरमा भएको दोस्रो विधान महाविधेशनले १९ जनाको पदाधिकारी घटाएर १५ जनामा सिमित गरेको थियो। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समिति समेत ३०१ बाट घटाएर २५१ मा झार्ने निर्णय गरेको थियो।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्।

यता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संशोधनको प्रस्ताव आएमा एमालेले हटाइसकेको २ कार्यकालको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लैजाने तयारी गरेको छ।

गत सोमबार नै सचिवालय बैठक राख्ने तयारीमा रहेका ओली पोखरलले अवधारणा पत्र बुझाएपछि रोकिएका थिए। पोखरेल पक्षले सचिवालय बैठकमा अवधराणा पत्रको विषयमा पनि कुरा उठाउने भएपछि उनले बैठक ३ दिनलाई ‘होल्ड’ गरेका थिए।

महाधिवेशनको उद्घाटन शत्रको अघिल्लो दिन मात्रै बैठक बोलाएका हुन्। एमालेको ११ औँ महाधिवेशन आगामी शनिबारदेखि सुरु हुँदै छ।

त्यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्नेबारे पनि निर्णय लिने छ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...