समाचार

युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए

युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँयुरोप‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’ मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।बिहीबार बिहानदेखि सुरु भएको यो अभूतपूर्व आप्रवासी लहरमा स्पेनको गृह मन्त्रालयका अनुसार करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तर शुक्रबार साँझसम्म तीमध्ये ४८ हजार ३ सयभन्दा बढी स्वेच्छाले मोरक्को फर्किएको मन्त्रालयले जनाएको छ ।अहिले सेउटामा दुई हजारभन्दा कम मानिस मा...
सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै

सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघसंस्था र जिल्लास्थित स्थानीय समुदायबीच सद्‍भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई/मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ । प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकृतहरूलाई नै खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपिल र सद्‍भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको छ । ‘शान्ति र सद्‍भावमा असर पुर्‍याउन खोज्ने ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिएका छौं,’ हाल सप्तरीमा खटिएका काफ्लेले भने, ‘निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ ।’गृहमन्त्...
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा

कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँनेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको हो । मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न, उच्चतम संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, मन्त्रालयले सबै परिस्थितिमा जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रचलित व्यवस्थाको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, मृतकको शव यथाशीघ्र स्वदेश...
रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रु...
भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक सञ्जाल र केही डिजिटल सञ्चारमाध्यमले धार्मिक-सामाजिक सद्भाव भड्काउने तथा त्रास फैलाउने भ्रामक सामग्री सम्प्रेषण गरेपछि प्रेस काउन्सिल नेपालले कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ । काउन्सिलले हालै सार्वजनिक गरेको मिडिया अनुगमन विवरणअनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएको थियो । काउन्सिलको कडा निर्देशनपछि तीमध्ये १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् । तर, ‘एचटीपी खबर’ नामक अनलाइनले भने नियामक निकायको निर्देशनलाई अटेर गर्दै सामग्री नहटाएपछि थप कारबाहीको प्रक्रिया अघि बढाइएको काउन्...
सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । ...
साउन १५ अर्थात् खीर खाने दिन

साउन १५ अर्थात् खीर खाने दिन

Breaking news 1, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।यद्यपि राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ ।संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं ...
पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंविश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौत...
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ।समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगश...
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच बिहीबार राति औपचारिक सम्झौता भएको हो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने दुई पक्षबिच सहमति भएको छ ।त्यस्तै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने , घ...