समाचार

प्रतिनिधिसभा निर्वाचन : देशभर १० हजार ९सय६७ मतदान स्थल कायम

प्रतिनिधिसभा निर्वाचन : देशभर १० हजार ९सय६७ मतदान स्थल कायम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । यसअघि दश हजार ८९२ मतदान स्थल रहेका थिए ।यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदान...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ । त्यस्तै हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ भने देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।त्यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...
चिसोका बाबजुद बुटवलको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड

चिसोका बाबजुद बुटवलको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवल रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा शुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा चिसोका बाबजुत अवलोककर्ताको भीड बढेको छ ।बिहीबार शुरु भएको प्रदर्शनीको दोस्रो दिन शुक्रबार अवलोकनकर्ताको भीड बढेको गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिए । बुटवल मण्डपमा निमार्णाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुरु भएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादनका ५ सय वटा स्टलहरु रहेका छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । शनिबार पहिलो बिदा हुने अवलोकनकर्ता बढ्ने भएकाले सोही अनुसारको तयारी गरिएको छ । सहभागी अवलोकनकर्ताले स्वदेशी उत्पादन गरेका उद्योगमा विशेष...
महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् ।केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गतेको निर्णय अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बन्न मातहतका समितिहरूलाई नाम सिफारिस गर्न निर्देशन दिइएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यही निर्णय बमोजिम मातहतका कार्यालयलाई परिपत्र जारी गरेका थिए । परिपत्र अनुसार थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो । तेह्रथुम र काठमाडौँ–४ बाट उनी एकल उम्मेदवारको रूपमा सिफारिस भएका छन् भने बाँकी क्षेत्रहरूमा अन्य नेतासँग प्रतिस्पर्धा हुनेछ । थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका छन् । उनी २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधानसभामा सां...
रवि लामिछाने रिहा: अदालतले अघि सार्यो यी ५ महत्वपूर्ण सर्त

रवि लामिछाने रिहा: अदालतले अघि सार्यो यी ५ महत्वपूर्ण सर्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउने, बैंक ग्यारेन्टी राख्ने लगायत ५ वटा कडा सर्त अघि सारेको छ । बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो । अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ । ...
खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको हो । शुक्रबार प्रकाशित सूचनाअनुसार, दरखास्त फाराम पुस ११ गतेदेखि २१ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ । तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । अनलाइनमार्फत दरखास्त दिने आवेदकहरू जसमध्ये सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदक समावेश छन्, माघ २३ गतेभित्र आफूले रोजेको कार्यालयमा सक्कलै दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख ग...
मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आजदेखि देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मतदानमा सहभागी भएका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुक्रबार मतदान भएको छ । यस अस्पतालमा भोलि शनिबार पनि मतदान जारी रहनेछ ।देशका विभिन्न अस्पतालहरुमा मतदानस्थल तोकिएका छन् । जस अन्तरगत रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ। निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र मतदान भएको छ भने ३ स्थानमा भोलि शनिबार मतदान हुँदैछ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा. ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभ...
मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौंप्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बिहानैदेखि बोक्लो हुस्सु सहित शीतलहर चलेपछि शुक्रबार विमानस्थलहरु खुल्न नसकेका हुन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज मध्यान्हसम्म उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ ।तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक तर्मिनलमा यात्रुहरुको भीड लागेको छ । ...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाण्डौ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको छ ।नेकपा एमालेको ११औं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएपनि ओली पक्षले अधिकांश पद जितेको छ । १९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना विजयी भए भने पोखरेल पक्षका २ जना विजयी भएका छन् । त्यस्तै केन्द्रीय कमिटीमा पनि ओली पक्षको बर्चश्व कायम रहेको छ । ...