बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्नता आशंकामा अनुसन्धान हुँदै
काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको षड्यन्त्रमा अहिले अनुसन्धान चलिरहेको छ ।
इरानको सम्भावित संलग्नतालाई मुख्य आधार मानेर अनुसन्धान चलिरहेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । बेलायती आतंकवाद नियन्त्रण प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यस घटनामा ५ जना पक्राउ परेका छन् ।
आइतबार मध्यरात एयरबेसतर्फ शंकास्पद रूपमा अगाडि बढिरहेका तीनवटा सेतो भ्यानहरू देखिएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो ।त्यसलगत्तै प्रहरीले अनुसन्धानको नेतृत्व गर्दै विष्फोटक पदार्थसम्बन्धी कसुर र पछि ‘आतङ्ककारी कार्यको तयारी’ गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको हो। सोमबार पनि उनीहरू प्रहरी हिरासतमा नै छन्।
प्रहरीले खतराको प्रकृतिबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन । आइतबार साँझ नै खतरा टरिस...








