समाचार

तिब्बती अध्ययनसम्बन्धी सम्मेलन चिनियाँ दबाबपछि रद्द

तिब्बती अध्ययनसम्बन्धी सम्मेलन चिनियाँ दबाबपछि रद्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले ७–१३ भदौमा काठमाडौंमा हुन लागेको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ । चार वर्षअघि नै घोषणा गरिएको सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो । सुरक्षा निकायबाट कुनै खतरा नरहेको ‘ब्रिफिङ’ तथा गृहमन्त्री सुधन गुरुङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिविपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो ।सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईसँगको परामर्शपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए । एक मन्त्रीका अनुसार सरकारको निर्णयले परराष्ट्र नीतिमै महत्त्वपूर्ण प्रभाव पार्ने भए पनि यो विषय मन्त्रिपरिषद्मा समेत पेस गरिएन । ‘हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर...
संघीय संसदका पाँच समितिको बैठक आज बस्दै

संघीय संसदका पाँच समितिको बैठक आज बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा उपसमितिहरुबाट प्रतिवेदन पेश र छलफलको कार्यसूची रहेको छ । त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुनेमहिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल र अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत ...
राजमार्ग दायाँबायाँका जग्गामा लाग्ने विकास कर ५ प्रतिशत बढाइँदै

राजमार्ग दायाँबायाँका जग्गामा लाग्ने विकास कर ५ प्रतिशत बढाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसरकारले संघीय, प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्‍याउने गरी सरकारले सार्वजनिक सडक विधेयकको मस्यौदा तयार पारेको छ ।पूर्वाधार विकास मन्त्रालयले यो विधेयक बनाएको हो । प्रस्तावित प्रावधान अनुसार जग्गा प्राप्त गर्दा जुन क्षेत्र वा इलाकामा त्यस्तो जग्गाको जे जति मूल्य कायम भई मुआब्जा दिइएको हो, त्यस्तो क्षेत्र वा इलाकामा सोही मूल्यको बढीमा २५ प्रतिशतसम्म विकास कर एक पटक लिने गरी सरकारले राजपत्रमा सूचना प्रकाशन गर्ने छ ।विद्यमान सार्वजनिक सडक ऐनले विकास करको दर कायम गर्ने प्रयोजनका लागि जग्गालाई दुई खण्डमा विभाजन गरेको छ । जस अनुसार १ सय २५ मिटरसम्मको जग्गालाई ‘क’ वर्गको सडक मानी २० प्रतिशत र १ सय २५ देखि १ सय ५० मिटरसम्मको जग्गालाई खण्ड ‘ख’ मा...
यि हुन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णय

यि हुन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको छ। साथै पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरेको छ। यस्तै, बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।य...
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान

बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल (बीजक) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बिल लिने–दिने संस्कृतिको विकास गर्न सबै सरोकारवालालाई अनुरोध गरेको हो। विभागका अनुसार कर अनुपालनलाई प्रभावकारी बनाउने तथा वास्तविक आर्थिक कारोबारको अभिलेखीकरण सुनिश्चित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा रहेको जनाएकाे छ। विभागले उक्त कार्यक्रममा सहभागी भएर पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्ताले कुनै पनि वस्तु वा सेवा खरिद गर्दा बिल लिन नबिर्सन आग्रह समेत गरेको छ। सूचनामार्फत हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिएरऔपचारिक कर प्रणालीमा आबद्ध हुन समेत आह्वान गरिएको छ। यस्तै, वस्तु तथा सेवा बि...
विद्युत्‌मा भ्याट छुट सीमा बढाउने तयारी, १ सय ५० युनिटसम्म पुर्‍याउने प्रस्ताव

विद्युत्‌मा भ्याट छुट सीमा बढाउने तयारी, १ सय ५० युनिटसम्म पुर्‍याउने प्रस्ताव

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले उपभोक्तालाई विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विद्यमान ५० युनिटको सीमा बढाउने तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ५० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो, जसलाई अहिले बढाएर १ सय ५० युनिट बनाउने तयारी गरिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसका लागि तयारी गरिरहेको जनाएको छ ।यसअघि विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरिएको थियो । उपभोक्तालाई कर बढेको अवस्थामा विद्युत महसुल मार्फत राहत दिन सकिन्छ कि भनेर पुनरावलोकन तयारी गरिएको थियो ।तर, भ्याट नलाग्ने विद्युत् युनिट नै बढाएर १ सय ५० पुर्‍याउने गृहकार्यले चाहिँ गति लिएको मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि अर्थ मन्त्रालयसँग समेत अनौप...
‘राजनीतिक प्रतिशोधका नाममा एमालेलाई चलाउन खोजिए प्रतिवाद गर्छौं’ – सचिव विश्वकर्मा

‘राजनीतिक प्रतिशोधका नाममा एमालेलाई चलाउन खोजिए प्रतिवाद गर्छौं’ – सचिव विश्वकर्मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले राजनीतिक प्रतिशोधका गतिविधि स्वीकार्य नहुने बताएका छन । फागुन २१ गते प्रकट भएको जनमतलाई एमालेले स्वीकार गर्दै वर्तमान सरकारलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएको भन्दै उनले जनअपेक्षाअनुसार जनअभिमतको सम्मान हुने गरी काम गर्नुको साटो राजनीतिक प्रतिशोधमा लागेको आरोप लगाए ।बुटवलमा आयोजित एमाले रुपन्देही जिल्ला कमिटीको विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा बोल्दै विश्वकर्माले एमाले अध्यक्षमाथि हात हाल्ने काम गरिएको आरोप लगाउँदै त्यसलाई आफूहरूले प्रतिशोधपूर्ण कदमका रूपमा बुझेको बताए । त्यसलगत्तै पार्टीका उपाध्यक्षमाथिसमेत प्रतिशोध साध्ने काम भएको उनको आरोप थियो । ‘हामीले गुण र दोषका आधारमा सरकारसँगका धारणा तय गर्ने भनेका थियौं,’ उनले भने, ‘तर एमाले अध्यक्षमाथि हात हाल्ने काम गरियो । यो सिधै प्रतिश...
शाइन रेसुंगा र नबिलले जिते बेस्ट बैंक अवार्ड

शाइन रेसुंगा र नबिलले जिते बेस्ट बैंक अवार्ड

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलशाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.र नबिल बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् ।शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ । विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथ...
निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे ।साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ थियो ।अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति पनि चासो व्यक्त गरेका थिए ।‘कर्जाको ब्याजदर ऐतिहा...
तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वाडाहरु तथा स्वास्थ्य चौकी गरी ३८ स्थानहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान भएको छ।२०८२ माघ महिनामा कम्पनीको जिटुजि कार्यक्रम अन्तर्गत नगरपालिकाको सभाहलमा नेपाल टेलिकमको कर्पोरेट सेवा जानकारी तथा प्रस्ताव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो |सो कार्यक्रम लगत्तै नगरपालिकाको भवनमा १ जिबिपिएसको फाइबर टु हाेम सेवा जडान गरी संचालनमा रहेको थियो। ८२ जेष्ठ महिनामा उक्त नगरपालिका संग सबै वार्डहरु र स्वास्थ्य चौकीहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान गर्न सम्झौता भएको थियो।नगरका सबै ३८ स्थानहरुमा ८३ श्रावण देखि २सय एमपिविएस को सेवा जडान गरी सन्चालनमा ल्याईएको हो।वार्ड नं ४,६,१३,१४ तथा १२ वडाहरुमा नेटवर्क विस्तार र सेवा प्रवाह चुस्त गरी सेवा पुर्याएको हो।सबै स्थानीय निकाय र सरकारी निकायमा सरकार देखि सरकार कार्यक्रम, डिजिट...