समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित तथा इएचएस(अतिरिक्त सेवा अवधि) अन्तरगत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गरिएको हो । सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा शल्यक्रिायका लागि आउने बिरामीको सङ्ख्या अत्याधिक रहेको र महिनौंसम्म पालो कुर्नु पर्ने अवस्था रहेको बताइएको छ । अस्पतालमा सर्जिकल विभागको शुक्रबार आयोजित क्लिनिक अडिटमा तथ्याङ्क प्रस्तुत गर्दै सर्जिकल विभाग प्रमुख रचना कार्कीले चुनौति र सुधारका योजनाहरु प्रस्तुत गरिन् । कार्कीका अनुसार भाद्र महिनामा नियमित तर्फ ४९७ र ईएचएस तर्फ २४४ जनाको शल्यक्रिया गरिएको हो । सेवा परीक्षण कार्यक्रममा बोल्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति तथा स्रोत साधनको अवस्थालाई मध्यनजर गरि सबैले अधिकतम प्रयास लगनशिलतामा जो...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे। आफ्नो निर्वाचन क्षेत्रका जनताको अपेक्षा र सरकारका प्रतिबद्धता सम्झिए। त्यसपछि अब बस्ने अर्को अधिवेशन कस्तो हुनुपर्छ भन्नेबारे सांसद, संसद्को नेतृत्व र सरकारको ध्यानाकर्षण गराए।चालू अधिवेशनको समीक्षा गर्दै सांसदहरूले अर्को अधिवेशनबाट संसद् र सरकार दुवैको काम गर्ने शैली बदलिनुपर्ने निष्कर्ष सुनाए छन्। संसद्‌मा उठेका प्रश्नको अनिवार्य जवाफ, प्रभावकारी कानुन निर्माण, सभामुखको रुलिङ कार्यान्वयन, सरकारको नियमित समीक्षा र जनजीविकाका मुद्दामा परिणाम देखिने गरी काम हुनुपर्ने उनीहरूको अपेक्षा छ।संसद् र सांसदको भूमिकाबारे चर्चा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दकुमार सिंह भन्छन्, ‘कहिलेकाहीँ लाग्छ, संसद् जनताको समस्या समाधान गर्ने थलो हो कि ! ...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीबाट प्राप्त उत्तर टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछिन् ।बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन्। त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्र...
बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ करिब ६ बजेको समयमा एक जना ४०/४५ वर्षीय पुरुषले हाम फालेपछि बेपत्ता भएका छन्। प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेका ती पुरुषलाई केही व्यक्तिले सम्झाई–बुझाई गर्ने प्रयास गरेका थिए। तर, सम्झाउने प्रयास भइरहेकै अवस्थामा उनले पुलबाट हाम फालेको बताइएको छ। घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेनालगायतको टोली घटनास्थलमा पुगेर बेपत्ता पुरुषको खोजी गरिरहेको छ। उनको पहिचान भने खुल्न बाँकी रहेको छ। बेपत्ता पुरुषको खोजीका लागि सुरक्षा टोलीले पुल आसपास तथा नदी क्षेत्रमा खोजतलास गरिरहेको जनाएको छ। ...
भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ। प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिएर उनको साथबाट उक्त गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा जाँचकक्षमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गर्ने क्रममा उनको साथबाट शंकास्पद अवस्थामा ठूलो परिमाणमा गरगहना फेला पारेको जनाएको छ। प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झु...
समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन ।जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताएका हुन । उनले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको बताए । ‘विकासको पहलकदमी लिएका छौँ । अहिले जनताले परिणाम खोजेका छन् । कुराले मात्रै चिउरा भिज्दैन । आलोचना गरेर मात्रै विकास हुँदैन,’उनले भने ।मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासमा प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । संघीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभाव र अन्य कारणले अलपत्र अवस्थामा रहेको उल्लेख ...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर करिब २० रुपैयाँले बढेर आए पनि निगमले नेपाली बजारमा मूल्य नबढाउने निर्णय गरेको हो। आउँदै गरेको चाडपर्व, हालैको बाढीपहिरोबाट प्रभावित अवस्था तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी साविककै मूल्य कायम गरिएको निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। नयाँ निर्णयअनुसार क्षेत्रअनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि त्यसअनुसार नेपाली बजारमा बिक्री मूल्य वृद्धि नगर्दा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घा...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो। उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण/परमादेश रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो। अदालतले उद्योगले वातावरणीय प्रदूषण गरे वा नगरेको विषयमा अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन गर्दा कच्चा पदार्थ तथा उत्पादित सामग्री व...
प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका पुगे पनि बालेनले त्यसलाई अनौपचारिक विदेश भ्रमण मानेका छन् । सोही कारण उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ नलिएका हुन् ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् ।स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको छ ।‘उहाँको पालामा प्रधानमन्त्रीको भ्रमण तय भयो । सम्भवत: चाँडै भारतबाट...
४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंधितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घटेर २ हजार ५९८ दशमलव ८९ मा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा कायम भएको छ। आज १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ। कारोबारमा १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढेको छ भने १० उपसमूह घटेको छ। कुल २७९ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। नेप्सेका अनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर ...