ग्यासका लागि बुटवलमा बिहानैदेखि लाइन, निगम-प्रशासन र उद्योगीले थाले वितरण
बुटवलबजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास वितरण गर्न थालेको छ । रुपन्देहीमा ग्यासको सहज आपूर्ति हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा विक्रेता संघबीचको सहमतिअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र सञ्चालनमा ल्याइएको हो ।
बुटवलमा वडा नम्बर ६ हाटबजारलाइनस्थित बालमन्दिर र भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरलाई वितरण केन्द्र बनाइएको छ । मंगलबार बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ ।
निगमले ग्यास वितरणमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा, किरियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकता दिएको छ ।
बुटवलमा ग्यास वितरणका लागि बुटवल, आरती, सिद्धार्थ, सिद्...








